Sidha Patra बुधबार, फाल्गुण २५, २०७८

कपिलवस्तु । जनता समाजवादी पार्टी,नेपालका लुम्बिनी प्रदेशका अध्यक्ष अशोक कुमार यादवले कृष्णनगरमा अझैसम्म नेताले गफ मात्र गरेको तर विकास नगरेको बताउनु भएको छ ।

प्रदेश अध्यक्ष यादवले कृष्णनगरमा विगत लामो समयदेखि नेतृत्वले विकासको काम नगरेको आरोप लगाउनु भयो । जिल्लाको कृष्णनगरमा आयोजित जसपा नेपालको विकास स्थानिय तह निर्वाचन लक्षित अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो ।

कृष्णनगर क्षेत्रका नागरिक परिवर्तन चाहेको जसपा नेपालका लुम्बिनी प्रदेश सदस्य अकरम पठानले बताउनु भयो । आउने दिनमा यो क्षेत्र जसपामय हुने पठानले जानकारी दिनुभयो । कृष्णनगरमा भएको कार्यक्रममा विभिन्न समिति गठन गरिएको छ । जसपाले आउने स्थानीय तहको निर्वाचनमा बलियो उम्मेदवार छनोट गर्ने योजनाका साथ अघि बढेको प्रदेश सदस्य रहिश शाहले बताउनु भयो ।

त्यस्तै पार्टीको छलफल पश्चात प्रत्येक वार्डमा अन्तरक्रिया गर्ने निर्णय गरिएको प्रदेश सदस्य रहिश शाहले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला अध्यक्ष शैलेन्द्र यादवले जसपा नेपाल भविस्य वोकेको पार्टी भएको बताउनु भयो । जसपाले जिल्लाको सबै स्थानीय तहमा पार्टीको विभिन्न तहगत कार्यक्रम आयोजना गरि काम गरिरहेको यादवको भनाइ रहेकोे छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]