
Gsl
Ssbus
Sssbus1
Sssbus1
Ssbus
Ssbus
tssbus
Pbu
ssbus
nsm

Hal
Ksm
nsb
Gst
Rsb
Rgs
Rgu
Pvg
Tsm
Rgu
Asm
Sbs
Ggd
Bbbpu
Wsp
Ssm
Bbu
Vor
Sls

Pls
Mks
sab
Syp
Rmb
Abd
bbt
Rpp
Jmb
Gsb
Jmb
Bml
Ptm
कपिलवस्तु । जनता समाजवादी पार्टी,नेपालका लुम्बिनी प्रदेशका अध्यक्ष अशोक कुमार यादवले कृष्णनगरमा अझैसम्म नेताले गफ मात्र गरेको तर विकास नगरेको बताउनु भएको छ ।
प्रदेश अध्यक्ष यादवले कृष्णनगरमा विगत लामो समयदेखि नेतृत्वले विकासको काम नगरेको आरोप लगाउनु भयो । जिल्लाको कृष्णनगरमा आयोजित जसपा नेपालको विकास स्थानिय तह निर्वाचन लक्षित अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो ।
कृष्णनगर क्षेत्रका नागरिक परिवर्तन चाहेको जसपा नेपालका लुम्बिनी प्रदेश सदस्य अकरम पठानले बताउनु भयो । आउने दिनमा यो क्षेत्र जसपामय हुने पठानले जानकारी दिनुभयो । कृष्णनगरमा भएको कार्यक्रममा विभिन्न समिति गठन गरिएको छ । जसपाले आउने स्थानीय तहको निर्वाचनमा बलियो उम्मेदवार छनोट गर्ने योजनाका साथ अघि बढेको प्रदेश सदस्य रहिश शाहले बताउनु भयो ।
त्यस्तै पार्टीको छलफल पश्चात प्रत्येक वार्डमा अन्तरक्रिया गर्ने निर्णय गरिएको प्रदेश सदस्य रहिश शाहले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला अध्यक्ष शैलेन्द्र यादवले जसपा नेपाल भविस्य वोकेको पार्टी भएको बताउनु भयो । जसपाले जिल्लाको सबै स्थानीय तहमा पार्टीको विभिन्न तहगत कार्यक्रम आयोजना गरि काम गरिरहेको यादवको भनाइ रहेकोे छ ।

