
Sssbus1
Sssbus1
Ssbus
ssbus
Pbu
nsm
Ssbus
tssbus
Ssbus
Gsl

Rsb
Ggd
Bbu
Pvg
nsb
Ssm
Bbbpu
Sbs
Rgs
Asm
Sls
Ksm
Rgu
Wsp
Hal
Vor
Rgu
Tsm
Gst

Gsb
Pls
Syp
sab
Mks
Jmb
Rmb
Rpp
Jmb
Abd
Bml
Ptm
bbt
दाङ । राजपुर गाउँपालिकामा पालिका स्तरिय नेपाल विद्यार्थी सँघको कमिटी बिस्तार गरिएको छ । शनिबार राजपुर गाउँपालिकामा नेबिसँघ कमिटीलाई २१ सदस्यिय सहित पुर्णता दिईएको हो ।
सभापती एकराज यादब,उप-सभापती पिञ्जु बर्मा र सचिब पवन यादबको नेतृत्वमा रहेको पालिका स्तरिय नेबि सँघ कमिटीलाई पुर्णता दिईएको छ । जसको उपसभापतीमा कृष्ण कुमार यादब,सचिबमा राजेश यादब, सहसचिबहरु रोहीत यादब र कोमल चौधरी, कोषाध्यक्ष चन्द्रभान यादब निर्बिरोध निर्बाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा देब बहादुर यादब, राकेश यादब, लिलाराम यादब, शान्ताराम यादब, लक्ष्मी चौधरी, निलु चौधरी, निशु भण्डारी, निरञ्जन यादब, रञ्जित यादब, करण बहादुर यादब, आदित्य यादब र बिनोद यादब चयन भएका हुन् । कार्यक्रममा नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रिय सभापती भेषराज पाण्डेयले समग्र काँग्रेस पार्टीलाई बलियो रुपमा स्थापित गर्न नेबि सँघको अहम भुमिका रहने बताए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पाण्डेयले विद्यार्थी सँग बुझाउन सक्ने क्षमता भएकाले देशप्रतीको काँग्रेसको सिद्धान्त लाई परिभाषित गर्दै आगामी निर्बाचनमा काँग्रेसमय बनाउन सबैमा अनुरोध गरे ।
फरक एक प्रसँगमा उनले एमसिसिको बारेमा कम्युनिस्ट हरुले भ्रम फैलाई रहेको प्रती नलाग्न अनुरोध गर्दै एमसिसिको बारेमा अध्ययन गरि कम्युनिस्टको त्यो भ्रम तोड्न सबैलाई सुझाए । “कम्युनिस्टले गलत प्रचार गरेका छन, यो असह्य छ पाण्डेयले भने-यो भ्रमलाई सबै मिलेर तोड्नुपर्छ ।” उनले आगामी निर्बाचनमा हार ब्यहोर्ने निश्चित जस्तै भएपछि एमसिसिलाई ढाल बनाउदै कम्युनिस्टहरु गलत प्रचारमा ब्याप्त रहेको आरोप समेत लगाए । नेबि सँघ राजपुर गाउँपालिकाका सभापती एकराज यादबको शभापतित्व तथा नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रिय सभापती भेषराज पाण्डेयको प्रमुख आतिथ्य एबम क्षेत्रिय सहसचिब प्रकाश कुमार जिसीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
नेपाली काँग्रेस प्रदेश प्रतिनिधि कुमार घिमिरेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा नेपाली काँग्रेस राजपुर गाउँपालिका सभापती नरेन्द्र सिँह भण्डारी, निबर्तमान सभापती शरद बुढाथोकी, क्षेत्र नम्बर १ ख का सचिब लालबिर खड्का, शिक्षक सँघका राजपुर सभापती पाटेश्वर यादब लगायतका बक्ताले बोलेका थिए । सोही अबसरमा कमिटीले अबको एक हप्ता भित्रमा पालिकामा रहेका प्रत्यक माबी स्कुलहरुमा नेबि सँघको ईकाई गठन गरिसक्ने निर्णय समेत गरेको छ ।
यस्तै कार्यक्रममा यादब समाज सेवा सँघका केन्द्रीय अध्यक्ष हिरालाल यादब, नेबि सँघ लमही नगर सभापती कौशल अधिकारी, शिक्षक सँघ राजपुरका उपासभापती चन्द्रिका प्रसाद यादब, सचिब गोकुल राज भट्ट, अर्थ सचिब सनिराम यादब, सहसचिब सीता आचार्य, क्षेत्र नम्बर १ का सदस्य ओम प्रकाश यादब लगायतका नेताहरुको उपस्थिती थियो ।
