
mbd
Pbu
Anm
Gmk
Rbs
Ksm
Sds
Mbdvs
Gisld

Rgu
Ksm
Rgs
Ssm
Pvg
Gst
Ggd
Rgu
Hal
Bbbpu
Asm
Rsb
Wsp
Sls
Tsm
nsb
Vor
Bbu
Sbs

Rmb
Mks
bbt
Jmb
Rpp
Gsb
Syp
Ptm
Abd
Pls
Bml
Jmb
sab
काठमाडौं । युक्रेनमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन नेपाल सरकारले भारतसँग सहकार्यको प्रयास गरेको छ ।
युक्रेनबाट पोल्यान्ड लगायतका देशमा गएका नेपाली नागरिकहरूलाई भारत सरकारबाट सञ्चालित उडानहरू मार्फत स्वदेश फर्काइदिन गरेको अनुरोधमा सकारात्मक जवाफ प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतले युक्रेनबाट आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउन केही मन्त्रीहरूसहित विमानहरू पठाएको छ । तीनै भारतीय विमानहरूमा स्वदेश फर्किन इच्छुक नेपालीहरूलाई पनि ल्याउने प्रबन्ध मिलाउने प्रयास भइरहेको हो ।
त्यसैले स्वदेश फर्किन इच्छुक नेपालीलाई नेपाली दूतावास बर्लिनको ठेगानामा आफ्नो नाम, सम्पर्क नम्बर र हाल रहेको स्थान टिपाउन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीहरू स्थानान्तरण भई सीमावर्ती मुलुकहरू पोल्यान्ड, स्लोभाकिया, रोमानिया, हंगेरी र मोल्दोभामा प्रवेश गरेका गरेका छन् ।
बर्लिनस्थित नेपाली दूतावासका अनुसार युक्रेनबाट सबैभन्दा धेरै ५११ जना नेपालीहरू पोल्याण्डमा गएका छन् । यसैगरी स्लोभाकियामा ७१, रोमानियामा २७, हंगेरीमा ६ तथा मोल्दोभामा ४ जना नेपाली प्रवेश गरिसकेका छन् । युक्रेनको विभिन्न स्थानमा रहेका बाँकी केही नेपालीहरू तुलनात्मक रूपमा सुरक्षित रहेको पश्चिम क्षेत्र तर्फ जाँदै गरेको र केही सीमा क्षेत्रबाट बाहिरिने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।रोमानिया सरकारले रो मानिया पुगेका नेपालीहरूलाई भारततर्फ जाने विमानसम्म पहुँचका लागि आवश्यक सहयोग गरिने जानकारी दिएको र त्यहाँ रहेका नेपालीहरूलाई स्वदेश र्फकन सहयोग पुर्याउन अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको सहयोग लिने विषयमा पनि प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली दूतावास बर्लिनले पोल्यान्ड, हंगेरी, स्लो भाकिया र रो मानिया प्रवेश गरेका नेपालीलाई गैर आवासीय नेपाली सङ्घ तथा नेपाली समुदायसँगको समन्वयमा आवश्यक सहजीकरण गरिरहेको छ । उद्धार कार्यमा युक्रेनका लागि समेत सहप्रमाणीकृत बर्लिनस्थित नेपाली दूतावास र मस्कोस्थित नेपाली दूतावासलाई परिचालन गरिएको छ ।
बर्लिनस्थित नेपाली राजदूत रामकाजी खड्का आफैँ पोल्यान्ड(युक्रेन सीमा क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षित प्रस्थानमा सहयोग पुर्याउन पोल्याण्डमा खटिएका छन् । युक्रेनबाट बाहिरिएका नेपालीहरूलाई नेपाली समुदायकै सहयोगमा विभिन्न स्थानमा खाना, बास र सामान्य उपचारको बन्दोबस्तसमेत गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
