
Ssbus
tssbus
Sssbus1
Ssbus
Pbu
nsm
Ssbus
Sssbus1
Gsl
ssbus

Ssm
Asm
Wsp
Bbu
Gst
Vor
Ggd
Ksm
Tsm
Sbs
nsb
Rsb
Sls
Rgu
Rgs
Rgu
Hal
Bbbpu
Pvg

Gsb
sab
Rmb
Bml
Syp
Mks
Jmb
Abd
Ptm
Jmb
Pls
bbt
Rpp
धनगढी । नेपाली कांग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा २४८६ मत खसेको छ ।
धनगढीको कबर्ड हलमा आइतबार अबेर राति सम्पन्न भएको मतदानमा कुल दुई हजार ५७२ मतमध्ये २४८६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
राति अबेर भइसकेकाले उम्मेदवारहरूबीचको सहमतिका आधारमा सोमबार मात्र सभापति पदको मतगणना गर्ने तय भएको हो । निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले सोमबार बिहान १० बजेपछि पार्टी कार्यालयमा सभापति पदको मतगणना सुरु गरिने जानकारी दिए ।
त्यस्तै कांग्रेसको सभापतिका लागि नारायणदत्त भट्ट, प्रकाश बम र रामबहादुर कलेलले प्यानलसहित उम्मेदवारी दिएका छन् । कांग्रेसको विधानअनुसार कुल खसेको मतमध्ये ५१ प्रतिशत मत ल्याउने उम्मेदवार विजयी हुनेछ । पहिलो चरणमा कुनै एक जना उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरेको खण्डमा सर्वाधिक मत ल्याउने दुई जनाबीच पुनः दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।
