
Ssbus
ssbus
Ssbus
nsm
Sssbus1
Ssbus
Pbu
Sssbus1
tssbus
Gsl

Bbbpu
Asm
Gst
Rgu
Ggd
Sls
Wsp
Rsb
Rgs
Sbs
Rgu
Tsm
Ssm
nsb
Vor
Hal
Pvg
Bbu
Ksm

Gsb
Ptm
Jmb
Syp
sab
Pls
Jmb
Rpp
bbt
Bml
Rmb
Mks
Abd
दाङ । देउखुरीमा आज बिहानै देखिबन्दकाे प्रभाव परेको छ । ६ वटा कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले आह्वान गरेको नेपाल बन्दको प्रभाव दाङ देउखुरीमा बिहानै देखि परेको हाे।
नेत्र विक्रम चन्द (विप्लव)नेतृत्वको नेकपा सहितको कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले सरकारले आइतबार एमसीसी पारित गरेको भन्दै सोमबार नेपाल बन्दको घोषणा गरेका हुन्।
बन्दका कारण भालुवाङ, लालमटिया, माैरीघाट, सिसहनियाँ, पत्थरगढवा, लमही, गढवा, घोराही, नारायणपुर, तुलसीपुर लगायतका बजारहरु, उद्योग, कलकारखाना, व्यापार, ब्यबसायी, शिक्षण संस्थाहरु बन्द रहेका छन् भने फाट्टफुट्ट रूपमा मोटरसाइकल र अटो रिक्सा चले पनि सार्वजनिक सवारी साधन भने ठप्प छन्।
यता भालुवाङमा बन्दकर्ताले पारित गरिएको एमसीसी यथाशिघ्र खारेज गर्न माग गर्दै नाराबाजी गरेका छन् । बजारमा बन्दकर्ताहरु बसेका छन् । भने बन्दमा कुनैपनि अप्रिय घटना हुन नदिनका लागि बजारका चोकहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बन्द साँझ ५ बजेपछि खुल्ने नेकपा दाङले जनाएको छ । नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानीक समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले संयुक्त रूपमा नेपाल बन्द आह्वान गरेका हुन्।
उनीहरूले एमसिसी सम्झौतामा उल्लेख गरिएका कतिपय बुँदाहरु राष्ट्रघाती भएको आरोप लगाउँदै सरकारले संसदबाट एमसिसी पारित गरेर राष्ट्रघात गरेको आरोप लगाएका छन् ।
