
Ksb
jsb
Gsb
Ppu
Nsb
Ksb
Csb
Rks
Bsn
Rsb
Fmb
Ssb
Ksb
Usb
Ssb
Tgp

Usb
Tsb
Gsb
Ssb
Hl1

ptl
Rgu
Nps
दाङ । यस वर्षको माध्यमिक शिक्षा परिक्षा एसईईमा दाङबाट १३ हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ दाङका अनुसार नियमित साधारण धारतर्फ १२ हजार ७ सय ८ जना, प्राविधिक धारको नियमित समूहतर्फ ३ सय ५० जना र ग्रेड वृद्धि तर्फ ९३ जना गरी कुल १३ हजार १ सय ५१ जना विद्यार्थी यस पटकको एसईईमा सहभागी हुने गरी परीक्षा फाराम भरेका छन् ।
समन्वय इकाई प्रमुख मित्रप्रसाद गौतमले नियमित तर्फ ६ हजार २० जना छात्र र ६ हजार ६ सय ८८ जना छात्रा परीक्षामा सामेल हुन लागेको जानकारी दिनुुभयो ।
जिल्लाभरका कुुल २ सय २५ विद्यालयबाट सहभागी हुने विद्यालय अन्तर्गत संस्थागत विद्यालयका ४ हजार ६ सय ९० मध्ये २ हजार १ सय ८२ छात्र र २ हजार ५ सय ८ छात्रा रहेका छन् । यस्तै, सामुदायिक विद्यालयका ८ हजार १८ विद्यार्थी मध्ये ४ हजार ५ सय ६ छात्र र ३ हजार ५ सय १२ छात्रा परीक्षामा सामेल हुुँदैछन् ।
आगामी बैशाख ९ गतेबाट हुने परीक्षाका लागि जिल्लाभर ४५ वटा परीक्षा केन्द्र पनि निर्धारण भईसकेको समन्वय ईकाईकी प्रांविधिक सहायक प्रमिला शर्माले बताउनुुभयो । वितेका दुुई वर्ष कोरोना महामारीका कारण एसईई परीक्षा नगरी विद्यालयको आन्तरिक मुल्यांकनका आधारमा नतिजा पं्रकाशन गरिएको थियो । गत वर्ष जिल्लाबाट १२ हजार १ सय ५४ जनाले परीक्षा आवेदन फाराम भरेका थिए ।
मुलुक संघीयतामा गएपछि एसईई परीक्षाको व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण कामको जिम्मा प्रदेश सरकारले पाए पनि कानूनको अभावमा अझैसम्म पनि कक्षा १० को एसईई परीक्षा राष्ट्रिय स्तरमा सञ्चालन हुँदै आएको छ ।
एसईईको परीक्षा प्रदेशस्तरबाट सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि सरकारले यससम्बन्धी स्पष्ट कानून बनाउन सकेको छैन । संविधानले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय सरकारलाई दिएको छ भने शिक्षा नीतिमा पनि कक्षा १० को परीक्षा प्रदेश मातहत राखिएको छ ।
