
nsm
Sssbus1
ssbus
Gsl
Pbu
tssbus
Ssbus
Ssbus
Ssbus
Sssbus1

Pvg
Hal
Wsp
Ksm
Sbs
Asm
Bbu
Rgs
Bbbpu
Vor
Ssm
Rgu
nsb
Sls
Ggd
Gst
Tsm
Rsb
Rgu

Jmb
Syp
Rpp
sab
Ptm
Gsb
Mks
Rmb
bbt
Jmb
Abd
Pls
Bml
काभ्रे । आगामी निर्वाचनमा गाेकुल वास्काेटालाई काभ्रेवाट जमानत जाेगाउन मेटमणि चाैधरीले चेतावनी दिएका छन् ।
शनिवार काभ्रेको मण्डनदेउपुर नगरपालिकामा भएकाे एक कार्यक्रममा वाेल्दै नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पाेलिटब्युराे सदस्य समेत रहेका चाैधरीले ७० कराेड भष्टाचार काण्डमा मुछिएका पूर्वमन्त्री गाेकुल वास्काेटाले काभ्रेवाट आफ्नो जमानत समेत जाेगाउन नसक्ने ठाेकुवा गरे । एउटा वाहालवाला मन्त्री झण्डा हल्लाउँदै हिड्दा देश र जनताको काम गर्नुपर्नेले ७० कराेडकाे भष्टाचार गर्नका लागि वार्केनिङ गरेर सत्तावाट वाहिरिने मान्छेलाई निर्वाचनमा काभ्रेका जनताले के भाेट दिन्छन त उनले प्रश्न गरे ।
त्यस्तै उनले काभ्रेका जनताले वास्काेटालाई तेस्रो स्थानमा पुर्याउने दावी गरे । हिजाे नेकपा एमालेकाे लाेगाेले देशका २ ठुला कम्युनिस्ट पार्टीहरु मिल्दा यहाँका जनताले विजयी गराएर फुलकाे मालाले वधाई दिएका जनताकाे मतलाई कुल्चेर भष्टाचार गर्ने गाेकुलका निर्वाचन जित्ने सपना चकनाचुर भएकाे नेता चाैधरीकाे भनाइ रहेको छ । उनले विभिन्न शर्तसहित केपी वली कम्पनी एमसीसी पास गर्ने तयारीमा रहेको वताए ।
यस्तै माधव नेपाल सहित १४ सासंदकाे पद नभएको सुचना सार्वजनिक गर्नुपर्ने,सभामुखलाई महाअभियाेग लगाएर गठवन्धन विघटन गर्ने जस्ता विभिन्न शर्तहरुसहित काङ्ग्रेसलाई एमसिसि पास गर्न सहयाेग गर्ने वली कम्पनी तयार रहेकाे नेता चाैधरीकाे भनाइ रहेकाे छ । प्रतिनिधि सभा सदस्य समेत रहेका समाजवादीका नेता चाैधरीले केपी वली कम्पनीले प्रतिनिधि सभा निर्वाचनमा मत माग्ने अधिकार समेत नरहेको वताए ।
