
Ssb
Ksb
Csb
Usb
Ssb
Nsb
Rsb
jsb
Bsn
Tgp
Gsb
Ksb
Fmb
Ppu
Ksb
Rks

Gsb
Hl1
Usb
Tsb
Ssb

Nps
Rgu
ptl
पाल्पा । नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पाल्पाको नवौं अधिबेशन शुक्रबार सम्पन्न भएको छ ।
“न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघमा समाज परिवर्तन युवाको काँधमा” भने मुल नाराको साथ स्थापना भएको राष्ट्रिय युवा संघ नेपाल पाल्पाको नवौं अधिवेशनमा बोल्दै केन्द्रिय अध्यक्ष किरण पौडेल,एमाले केन्द्रिय सदस्री ठाकुर गैरे,जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे लगायत नेताहरुले युवाहरू देशका खम्बा भएकाले बेथिति र अन्यायका विरुद्ध डटेर लड्नु पर्ने बताउनु भएको छ । त्यस्तै जिम्मेवारी बाँडफाँड समेत गरेको थियोे । राष्ट्रिय यूवा संघ नेपाल जनता तथा पार्टीको लागि रहरलाग्दो, भरलाग्दो तथा आवश्यकता अनुसार डरलाग्दो रुपमा अगाडी बढ्ने पनि उहाँले बताउनुभयो ।
जिल्ला अध्यक्ष टीका थापाको अध्यक्षतामा भएको कार्यक्रमबाट ६१ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमती गठन भएको छ । जसको अध्यक्षमा बिष्णु आचर्य,उपाध्यक्ष कृष्ण कार्कि,सचिव बिजय रानाभाट,उपसचिव निर्मल न्यौपाने,उपसचिव भेस बहादुर गाहा,कोषाध्यक्ष सुधीर भट्टराई चयन हुनु भएको लुम्बिनी प्रदेश सह इन्चार्ज तुल बहादुर अधिकारीले जानकारी दिनु भयो ।
पाल्पा जिल्ला भरिका १६ देखि ४० वर्षका सम्पुर्ण हजारौं युवाहरूको उपस्थितमा तानसेन नगरपालिकाको ठुलो हलमा कार्यक्रम सम्पन्न भएको छ ।
