
Gsb
Ksb
Usb
Ksb
Nsb
Rks
jsb
Fmb
Rsb
Csb
Bsn
Ssb
Ksb
Tgp
Ppu
Ssb

Tsb
Ssb
Hl1
Usb
Gsb

Nps
Rgu
ptl
दाङ । दाङ जिल्लाको नेपाल–भारत सीमा क्षेत्र पर्ने खाङ्ग्रा नाकामा सीमा प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ ।
उक्त भवनको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शुक्रवार एक कार्यक्रमका बीचमा उद्घाटन गरेका हुन् । राजपुर गाउँपालिकाको कुल पाँच लाख लागतमा तीन कोठे पक्की भवन निर्माण गरिएको हो ।
यस्तै भवनको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले न्युन स्रोत साधनमा उच्च मनोबलका साथ नेपाल प्रहरीले गरेको कर्तब्यनिष्ठ कार्यको चर्चा गर्दै, यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले सीमा क्षेत्रमा अपराध, चोरी निकासी बढी हुने गरेकोले थप जिम्मेबार भइ काम गर्न निर्देशन समेत दिएका छन् ।
प्रहरी चौकीको नयाँ भवन भए पछि सेवा प्रवाहमा सजिलो हुने भएको छ । यसभन्दा पहिले स्थानीय मोहनलाल बुढाको घर भाडामा लिएर सीमा प्रहरी चौकी संचालन हुदै आइरहेको थियोे । खांग्रानाका स्थित चौकीमा इञ्चार्ज रमइ यादवको कमान्डमा ६ जना प्रहरी कार्यरत छन् ।
करिब विसकठ्ठा क्षेत्रफल रहेको जग्गामा खांग्रानाका स्थित सीमा प्रहरी चौकीको भवन निर्माण गरिएको छ । राजपुर गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालयको एक लाख ५० हजार बजेटमा प्रतिक्षालय निर्माण गरिएको छ । नवनिर्मित प्रहरी चौकी भवनमा तीनवटा कोठा, मेस, स्नान कक्ष र शौचालय निर्माण गरिएको छ । यस्तै सो चौकीका इञ्चार्ज यादवले आफ्नो व्यक्तीगत खर्चमा मनोग्राम स्थापना गरेका छन् । उक्त भवनको उद्घाटन कार्यक्रममा राजपुर गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष श्याम बहादुर रोका,ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्ट लगायत अन्य प्रमुख व्यक्तिहरुको उपस्थिति रहेकोे थियो ।
