
Ssbus
Gsl
Pbu
ssbus
Ssbus
tssbus
Ssbus
Sssbus1
nsm
Sssbus1

Wsp
nsb
Tsm
Ggd
Ksm
Rgu
Rgu
Ssm
Gst
Rgs
Bbbpu
Pvg
Rsb
Asm
Sbs
Sls
Hal
Vor
Bbu

Rpp
Jmb
Mks
Pls
Ptm
Rmb
Jmb
sab
Bml
bbt
Gsb
Syp
Abd
दाङ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले स्थानीय तहको निर्बाचनमा जनता सामु जाने कुनै एजेन्डा नभएपछि जनतालाई भ्रम छर्न कम्युनिष्टहरुले एमसीसीको बिरोध गरेको जिकिर गर्नु भएको छ ।
पाँच वर्षे सरकार चलाउने जिम्मा जनताले दिएपनि सत्ता चलाउन नसकेर बिचमै सरकार छोडेकोले जनता सामु जाने बिकल्पको रुपमा एमसीसीलाई अस्त्र बनाएको चौधरीको दाबि छ । आफु सत्तामा हुँदा बिकाश र समृद्धीको लागि एमसीसी हो भन्ने र बाहीरिए पछि अनेकन गलत र भ्रामक हल्ला फैलाएर त्यसको बिरोध गर्दै सडक तताउनको कुनै तुक छैन चौधरीले भन्नु भयो ।
नेपाल महिला संघ जिल्ला दाङ शाखाको आयोनजा तथा क्षेत्र नम्बर १ प्रदेश शभा क र ख को सयोजनमा आज लमहीमा आयोजित प्रदेश क र ख स्तरीय महिला भेला तथा अन्तरक्रीया कार्यक्रममा बोल्दै चौधरीले सो कुरा बताउनु भएको हो । आवाज
स्थानीय चुनाबको मुखमा जनता सामु जाने कुनै एजेन्डा नभए पछि कम्युनिष्टपार्टिका नेताहरुले एमसीसीको गलत ब्याख्या गरेर जनतालाई भ्रमित पर्दै निर्बाचन जित्ने दुश्प्रयास गरेकोले काङ्ग्रेसले त्यस प्रति आम नागरिक स्पष्ट पार्न जरुरीरहेको चौधरीको भनाई छ । कार्यक्रमका अर्का बक्ता नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेले एमसीसी सम्झौताका विभिन्न चरणमा आफै सहभागिभएका कम्युनिष्टहरुले अहिले आएर त्यसको बिरोध गर्नु कुनै तुक नभएको टिप्पणि गर्नुभयो ।
राष्ट्रीय शभाका प्रमुख सचेतक अनिता देबकोटाले राष्ट्रिय राजनितिमा काङ्ग्रेसलाई बलियो बनाउन काङ्ग्रेसलाई वडा तहदेखि नै बलियो बनाउने गरि अघि बढ्न महीलाहरुलाई आग्रह गर्नु भयो । नेपाल महिला संस्था दाङका संस्थापक अध्यक्ष बिमला योगिले काङ्ग्रेस मात्र देशको एक लोकतान्त्रिक पार्टि भएकोले काङ्ग्रेस बलियो भए मात्र देशका महिला बलियो हुने बताउनु भयो । उहाँले महिला बलियो र सक्षम बन्नका लागी अबको स्थानीय तहमा काङ्ग्रेसलाई बिजयी बनाउने गरि महिलाहरु एकाकार भएर अघि बढ्न आबश्यक रहेको बताउनु भयो।
कर्यक्रममा नेपाल महिला संघका केन्द्रीय सदस्य गिरिजा देबि न्यौपानेले स्थानिय तहको निर्बाचनमा नगरपालिका गाउँपालीका र वडाहरु सम्ममा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्नका लागी मुख्यपदहरुमा जिम्मेवारी दिन आबश्यक रहेको बताउनु भयो । नेपाल महिला संघ दाङ निर्बाचन क्षेत्र नम्बर १ प्रदेश ख का उपशभापती राधा केसिको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका नेतृ तथा जिल्ला समन्वय समिति दाङका सदस्य लोका बिक, नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का सहसचिब गोबिन्द वली, नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का महाधिबेशन प्रतिनिधि तथा पुर्ब क्षेत्रिय शभापती अनुराग यादब, नेपाल महिला संघ लमही नगर शभापती हिमा बुढा थोकि नेपाल महिला संघका क्षेत्रिय शभापती खिमा देबि रिजाल लगायतले बोल्नु भएको थियो । सो अबसरमा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती यादब,धरमी यादब,परमिला चौधरी,रिता बिक, शारदा खड्का,ओभा पाठक लगायतले काङ्ग्रेसको वर्तमान अबस्था र अबको कार्यदिशाको बारेमा जिज्ञासा राख्नुभएको थियो ।
नेपाल महीला संघ दाङका अध्यक्ष गोमा रावतको अध्यक्षता तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरे, राष्ट्रिय शभा सचेतक अनिता देबकोटा,नेपाल महीला संघ दाङका संस्थापक अध्यक्ष तथा महासमिति सदस्य बिमला योगि र महिला संघका केन्द्रीय सदस्य गिरिजा देबि न्यौपानेको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमको संचालन नेपाल महिला संघ दाङका सचिब लक्ष्मी योगिले गर्नुभएको थियो ।
