
Rbs
Nssbus7
Jsbus
Pbu
Amb
Gsl
Csbus
Bksbus5
gms
Ratbs
Ddhbs
Ssbus
Gsbus
dsbus

Wsp
Rsb
Rgu
Rgu
nsb
Ssm
Bbu
Ksm
Ggd
Gst
Pvg
Vor
Asm
Sls
Rgs
Sbs
Bbbpu
Tsm
Hal

Syp
Jmb
Rmb
Mks
Ptm
sab
Abd
Rpp
Pls
bbt
Jmb
Gsb
Bml
रुपन्देहीको बुटवल उपमहानगरपालिका- ३ गोलपार्क र वडा नं. १ को गणेशथान जोड्ने पक्की पुल निर्माण कार्य अलपत्र परेको छ । विगत ७ वर्ष अघि निर्माण कार्य सुरु भए पनि अझै पनि पुल पुरा हुन सकेको छैन। जस्का कारण स्थानीयले सास्ती बेहोर्नु परेको छ । ठेकदार र सम्बन्धित वडाबीचको विवादले उक्त पुल निर्माण कार्य अलपत्र परेको छ ।पूल निर्माण कार्य सुरु भएको ७ वर्ष बढी हुँदापनि सम्बन्धित पक्षको लापरवाहीका कारण काम सम्पन्न भएको छैन । निर्माणको कार्य अलपत्र अवस्थामा रहेका कारण वर्षात्मा पानीका कारण पुलभरी हिलाम्मे हुदाँ स्थानीयलाई आवत–जावत गर्नका लागि निकै समस्या परेको गुनासो छ । पुल नबन्दा आस-पासका केही घरमा पानी पसेको भन्दै एक स्थानीयले पुल निर्माणको काम असारभन्दा पहिला पूरा नभए धेरै घर परिवार विस्थापित हुनुपर्ने भन्दै छिट्टै निर्माण सम्पन्न गर्न आग्रह गरेका छन्।आर्थिक वर्ष २०६८/०६९ मा ठेक्का सम्झौता भई आर्थिक वर्ष २०७२/०७३ मा सक्ने गरी सम्झौता भएको थियो । गैर जिम्मेवारपूर्ण व्यवहारका कारण समयमा काम नसकिएको स्थानीयको गुनासो छ । पुल निर्माणका लागि आवश्यक कच्चा पदार्थ स्थानीय नदीबाट नै निःशुल्क पाउनु पर्ने निर्माण कम्पनीको माग र नियम विपरित नदी दोहन गर्न नदिने वडा नम्बर-१ को अडानका कारण निर्माणको काम नै अलपत्र परेको हो ।निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले राज्यको नियम मिच्न खोजेपछि त्यसलाई रोक्न खोज्दा काममा ढिलाई भएको वडा नम्बर १ का अध्यक्ष महेन्द्र लिगलले स्वीकार गरे । उनले भने ‘५ सय मिटर भित्रको सेरोफेरोमा केही पनि गर्न नपाइने र वडाले मापदण्ड पूरा गरेर काम गर्न भनेको छौं ।’ उनले अघि भने ‘ढुङ्गा निकाल्ने हो भने राज्यलाई तिर्नुपर्ने आवश्यक कर र राजश्व तिरेर मात्रै निर्माण कार्य अगाडी बढाउन आग्रह गरेका हौं, ठेकेदारले बहाना बनाएर काम रोक्नु गलत हो ।सामान लिने अनि त्यसलाई लाग्ने शुल्क दिन्न, भन्न मिल्छ कि नाई ?’ लिगलको प्रश्न रहेको छ । यता निर्माणको जिम्मा पाएको बज्रगुरु रायमाझी जेभी कम्पनीले भने जसरी भए पनि वडालाई दोष देखाएर कामबाट उम्किन खोजेको छ । पुलका लागि आवश्यक ढ्ङ्गा, गिट्टी, बालुवा निकाल्न वडाले नदिएपछि काम रोक्नु परेको भन्दै पहिला सम्झौता गर्दा त्यस प्रकारको सहमति नभएको निर्माणको जिम्मा पाएका सिताराम खड्काले दाबी गरे ।२०७२ सालसम्म पुल निर्माण सम्पन्न हुने गरी निर्माण कम्पनीसँग सम्झौता भएको योजना समयमा नै निर्माणको काम पूरा नभए पछि एक वर्ष म्याद थप गरी ०७३ असार मसान्त पुर्याइिएको थियो । थपिएको म्याद ०७३ असारमा सकिए पनि त्यसयता म्याद थप भएको छैन । १ सय २ मिटर लम्बाइको पुल निर्माण गर्न ६ करोड ७२ लाख लागत अनुमान गरिएको पुल निर्माणको काम अल्पत्र पर्दा स्थानीयले सास्ती खेप्नु परेको छ ।
