
Sssbus1
nsm
Ssbus
Gsl
Ssbus
Pbu
Sssbus1
tssbus
Ssbus
ssbus

Rgs
Sbs
Bbu
Ggd
Gst
nsb
Wsp
Ksm
Tsm
Pvg
Asm
Ssm
Hal
Vor
Rgu
Rgu
Rsb
Bbbpu
Sls

Pls
sab
bbt
Rmb
Jmb
Bml
Mks
Gsb
Ptm
Rpp
Abd
Syp
Jmb
दाङ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा हुन थालेको ‘खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिता–२०७८’ को तयारीलाई तीव्र पारिएको छ । प्रतियोगीता हुने दिन नजिकिदै गर्दा प्रचारप्रसारदेखि, कोर्ड निर्माण, शिल्ड, प्रमाणपत्र छपाईलगायतको सम्पूर्ण तयारीलाई अघि बढाइएको आयोजक खुमबहादुर खड्का स्मृति खेलकुद समिति दाङले जनाएको हो ।
प्रतियोगिता यहि फागुन १६ गतेदेखि २२ गतेसम्म घोराहीस्थीत जिल्ला समन्वय समितिअन्तरगत रहेको सहिद मञ्चको प्राङगणमा हुने प्रतियोगीताको प्रचारप्रसारसँगै तयारीलाई व्यापक रुपमा अघि बढाइएको आयोजकले जनाएको छ । जिल्लामै पहिलो पटक हुन थालेको सर्वाधिक राशीको भलिबल प्रतियोगितामा सहभागीताका लागि जिल्लाका दश वटै स्थानीय तहहरुलाई पत्राचार गरिएको आयोजक खुमबहादुर खड्का स्मृति खेलकुद समितिका संयोजक राजु आचार्यले जानकारी दिएका छन् ।
त्यस्तै प्रतियोगितामा सहभागीताका लागि दशवटै पालिकालाई मौखिक तथा पत्र लेखेर सूचना गरिसकेका छौ’,संयोजक आचार्यले भने,‘जिल्लाको खेलकुदको विकास र खेलाडीको प्रतिभा उजागरका लागि आयोजना गरिएको प्रतियोगितामा पालिकाहरुले टिम छनोट गरेर पठाउनु हुनेछ ।’ उनले दाङ जिल्लामा खेलकुदको विकास, खेलका माध्यमबाट खेलाडीहरुलाई कांग्रेससँग जोड्नसँगै दाङका विकासप्रेमी एव प्रखर नेता स्वर्गीय खुमबहादुर खड्काको योगदानलाई सम्मान गर्नका लागि प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिताका लागि जिल्ला समन्वय समिति अन्तर्गत रहेको खुल्ला मञ्चमा खेलका लागि भलिबल कोड निर्माणको काम भैरहेको संयोजक आचार्यले बताएका छन् ।
अहिलेसम्मकै जिल्लामा सवैभन्दा ठुलो धन राशीको प्रतियोगिताको बिजेता टिमले नगद एक लाख ७५ हजार रुपैया र उपबिजेता हुने टिमले नगद ८७ हजार पाँच सय रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सहभागीताका लागि जिल्लामा दश वटा स्थानीयहरुको नामबाट टिमहरुलाई दर्ताका लागि यहि फागुन दश गतेसम्मको समय दिइएको आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई नगद पाँच हजार एक सय रुपैया पुरस्कार समेत व्यवस्था गरिएको छ ।
लिककम नकआउटको आधारमा खेलाइने खेलमा प्रत्येक टिमले दुई जना जिल्ला बाहिरका खेलाडीहरुलाई सहभागी गराउन पाउने व्यवस्था गरिएको संयोजक आचार्यले बताएका छन् । प्रतियोगिताले खेलाडीहरुको हौसल्ला बढाउनेदेखि गाउँस्तरमा रहेका खेलाडीहरुको प्रतिभा पहिचानका लागि समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री समेत रहेका स्वर्गीय नेता खुमबहादुर खड्काको २०७४ चैत १६ गते उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थीत एपोलो ६७ बर्षको उमेरमा निधन भएको थियो ।
