
Ssbus
Ssbus
Ssbus
Sssbus1
Sssbus1
Gsl
nsm
tssbus
ssbus
Pbu

Vor
Ggd
Asm
Gst
Pvg
Hal
Bbbpu
Rsb
Rgu
Sls
Rgu
nsb
Wsp
Ksm
Ssm
Tsm
Rgs
Sbs
Bbu

Syp
Ptm
bbt
Abd
Jmb
Rmb
Rpp
Gsb
Mks
sab
Jmb
Pls
Bml
बाजुरा । युवा संघ नेपाल बाजुराको आयोजनामा हिजो कोल्टी बजारमा विरोध प्रर्दशन गरीएको छ । युवा संघ नेपाल, अनेरास्ववियु,एकिकृत समाजवादि निकट प्रेस सेन्टर बाजुराको सहभागितामा कोल्टी बजारमा विरोध प्रर्दशन गरीएको हो ।
नेकपा एकिकृत समाजवादिमा आवद्ध विभिन्न संघ संगठनले एमसिसि विरुद्ध प्रर्दशन गरेका बताईएको छ । कोल्टी माथिल्लो बजार देखि तल्लो बजार सम्म विरोध प्रर्दशन गरी शिवमिलन पार्कमा कोण सभाको आयोजना गरीएको नेकपा एकिकृत समाजवादि बाजुराले जनाएको छ । एमसिसि विरुद्धका विभिन्न नारा र प्लेट सहित विरोध प्रर्दशनमा उत्रिएका नेता तथा कार्यक्रताले एमसिसि वारे आफ्नो धारणा सार्वजनिक गर्दै संसोधन नगरी पास हुन नदिने बताएका छन् । कुन्ना क्षेत्रका चार वटै स्थानिय पालिकाबाट विरोध प्रर्दशनमा सहभागि नेता तथा कार्यक्रताले नेपाल र नेपाली जनता विरोधि वनेको एमसिसि संसोधन नगरी सरकारले पास गरेमा आम नागरीकले आन्दोलनमा उत्रिनु पर्ने बताएका हुन् ।
नेकपा एकिकृत समाजवादी बाजुराका जिल्ला कमिटी सचिवालय सदश्य तथा पे्रस सेन्टर नेपालका केन्द्रिय सदश्य अनिल शाहीले अहिले चर्चाको विषय वनेको एमसिसि नेपालका लागि घातक भएको बताउनुभयो । कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रिय सदश्य शाहीले एमसिसि वारे जानेर, वुझेर र केहि वुदा संसोधन गरेर पास भए ठिक हुने र हुवहु ढगंबाट पास भएमा त्यो नेपाल र नेपाली जनताका लागि राम्रो नहुने बताउनु भयो ।
त्यस्तै एमसिसि पास गर्न वेला वेला अमेरीकाले दवाव सृजना गर्नु केहि आसंका समेत रहेको बताउदै उहाँले अमेरीकि सहायता नेपालको कानुुन भन्दा माथि नरहने पनि प्रष्ट पार्नुभएको छ । कार्यक्रमकमा वोल्ने अन्य वक्ताले नेपालको सडक र विद्युत्तमा लगानि गर्न अमेरीकि सहायता परीयोजना राम्रो हुने बताउदै संसोधन नगरी एमसिसि संसदबाट पास भएमा आन्दोलनका कार्यक्रम निरन्तर रहने चेतावनि दिएका छन । एमसिसि पत्रमा उल्लेख गरीएका वुदाहरु मध्य सडक र विद्युत्त सम्वन्धि वित्तिय नियम तथा परीयोजनाका नियम एमसिसिले बनाउने र नेपालका नियमले काम नगर्ने, एमसिसिले मागेको भुभाग र श्रोतहरुमा अर्काे कुरा गर्न नपाउने गरी कानुनि रुपमा हस्तान्तरण गर्ने, एमसिसि संसदबाट पारीत भए पछि अमेरीकि कानुन सक्रिय हुने र त्यस संग वाझिने नेपालका कानुन निस्किृय हुने र अमेरीकि सेना नोलमा रहने लगायतका वुदा नेपालको हित विपरीत भएको बताईएको छ ।
यस्तै कार्यक्रममा अनेरास्ववियु बाजुराका जिल्ला कमिटी अध्यक्ष युवराज गिरीले सञ्चालन गर्नु कार्यक्रममा एकिकृत समाजवादिका जिल्ला कमिटी सदश्य अग्नीराज शाही, र्धमेन्द्र शिहं, तेज रावत, लोकेन्द्र विष्ट, प्रेस संगठन बाजुराका अध्यक्ष महेश कार्की, वडा संगठन कमिटी अध्यक्ष राजबहादुर शाही, युवासंघ नेपालका सचिव रोशन शाही लगायतको सहभागिता रहेको बताईएको छ ।
