
Ksb
Fmb
Rks
jsb
Nsb
Csb
Tgp
Usb
Bsn
Rsb
Ksb
Ssb
Gsb
Ksb
Ppu
Ssb

Hl1
Gsb
Tsb
Ssb
Usb

Rgu
Nps
ptl
काठमाडौ । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको अध्यावधिक नयाँ नक्सा सार्वजनिक भएको छ ।
बुधबार (आज) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मन्त्रालयमा एक पत्रकार सम्मेलनमार्फत् नयाँ नक्सा सार्वजनिक गरेकी हुन् ।
नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ ।
अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर थियो ।
