
ssbus
Sssbus1
Gsl
Ssbus
Ssbus
Pbu
Ssbus
Sssbus1
nsm
tssbus

Tsm
Gst
Sbs
Rgu
Pvg
Ssm
Rsb
Rgu
Vor
Sls
Ggd
Hal
Asm
Wsp
Bbu
Rgs
Bbbpu
Ksm
nsb

Abd
Ptm
Pls
Jmb
bbt
Gsb
Jmb
sab
Mks
Rpp
Rmb
Syp
Bml
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १ सय ५० जना विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रकी नेतृ बाल कुमारी चौधरीको नेतृत्वमा सो नगरपालिको वडा नम्बर ५ को राजपेडा टोलका वासिन्दा माओवादी केन्द्र, नेपाली काँग्रेस, राप्रपा लगायतका पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले चन्द्रपुर ५ वार्ड कमिटि सचिव नविन बरालले जानकारी दिए ।
यस्तै नवप्रवेशीहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य उद्धव रेग्मी, मधेश प्रदेश कमिटि उपसचिव आरती बराल, मदेश प्रदेश कमिटि सदस्य खड्ग बहादुर बोम्जन , रौतहट जिल्ला सचिव बाल बिक्रम कार्की, चन्द्रपुर नगर कमिटि अध्यक्ष शिव आर्चाय लगायतले अबिर तथा खादाले पार्टीमा स्वागत गरेका थिए । नवप्रवेशी नेतृ चौधरीले दलित, गरिब, उत्पिडित र पछाडि परेका वर्गको उत्थानको गर्न नेकपा एमालेले मात्र सक्ने भन्दै आफुहरु एमालेमा प्रवेश गरेको बताइन् ।
त्यस्तै पार्टीका केन्द्रिय सदस्य उद्धव रेग्मीले एमाले बिना देश र जनताको समृद्धि असम्भव रहेको जनाउँदै एमाले प्रति विश्वास गरेर देशैभर एमालेमा प्रवेश गर्नेको लहर चलेको दावी गरे । केपि ओली नेतृत्वको सरकारले जनहित र राष्ट्रहितको काम गरेकाले प्रतिगामी तत्वहरु मिलेर षड्यन्त्रपूर्वक सरकार ढालेको जिकिर गर्दै उनले अबको निर्वाचनमा तीनै तहमा एमालेको सरकार बन्ने वातावरण बनिसकेको यसलाई रोक्न कसैले नसक्ने ठोकुवा गरे ।
यस्तै चन्द्रपुर ५ नगर कमिटि उपाध्यक्ष रोशन रामको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटि सदस्यहरु टिका घिमिरे, लोकनाथ पहाडी, जिफन्टका केन्द्रीय सदस्य वलिराम सहनी, चन्द्रपुर नगर कमिटि उपाध्यक्ष राजेन्द्र तिवारी लगायतका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो ।
