
Ssbus
nsm
Gsl
tssbus
Ssbus
Sssbus1
Pbu
Ssbus
Sssbus1
ssbus

Pvg
Wsp
Hal
Sbs
Rgu
Gst
Bbu
Ssm
Ggd
Tsm
nsb
Ksm
Bbbpu
Rsb
Rgs
Vor
Asm
Sls
Rgu

Rpp
Gsb
Pls
Ptm
Jmb
sab
bbt
Mks
Rmb
Syp
Bml
Abd
Jmb
दाङ । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसि परियोजना विरुद्ध आज दाङसहित देशैभर विभिन्न चार राजनितिक दलले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् । केन्द्रिय निर्देशन अनुसार नेपाल कम्युनिष्ट पार्टि, नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी र नेकपा माले दाङले आज घोराहीमा एमसिसि विरुद्ध घोराहीमा सयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।
घोराहीको ट्रफिक चोकबाट सुरु भएको र्यालीले बजारको विभिन्न भागको परिक्रमा गरी तुलसीपुर चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टिका केन्द्रिय सदस्य बलबहादुर वली सितलले हिन्द प्रशान्त शैन्य रणतिनी अन्तरगत अमेरिकाले नेपालमा शैन्य अखडा जमाउन खोजेको र यसले नेपाललाई युद्ध भुमि बनाउन प्रयोग गर्ने खतरा बढेको बताउनु भयो । एमसिसि नेपाल र नेपाली जनताको हितमा नरहेको भन्दै यसलाई कुनै पनि हालतमा पास गर्न नहुने जिकिर गर्नुभयो ।
विरोध सभामा नेकपा मसाल दाङका प्रबक्ता भरत भण्डारीले बिकास परियोजनाको नाममा अमेरिकाले नेपालमा भएका स्रोत साधनको उत्खनन र निकासी गर्ने षडयन्त्र बनाई रहेको तर्क गर्नुभयो । एमसिसि र नेपालको कानुन बाझिएमा एमसिसि मान्य हुने भएकाले यो नेपाल र नेपालहरुका लागि राष्ट्रघाति कदम भएको उल्लेख गर्नुभयोे ।
यस्तै नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हिरामणी दुखीले एमसिसिको विरोध कुनै एउटा दलको मात्रै नभई यो सबै दल र नेपाली जनताको साझा बिषय हुनुपर्ने बताउनुभयो । एमसिसिको विरोध गर्नेहरुलाई बिकास बिरोधिको आरोप लाग्ने गरेको भन्दै उहाँले आफुहरू बिकास बिरोधी नभई राष्ट्रियताको पक्षमा रहेको प्रष्ट पार्नुभयो ।
यस्तै नेकपा माले दाङका सचिव नेत्रप्रकाश पाण्डेले अहिलेको गठबन्धन सरकारले जनताको आवाज र मनसायलाई नबुझी आफुखुशी जबरजस्त एमसिसि पास गर्न खोज्नु गलत कदम भएको बताउनुभयो । नेपालमा विगतदेखि नै अमेरिकाको मात्र नभई धेरै देशको सहयोग रहेको बताउँदै एमसिसिलाई नेपालको संबिधानभन्दा माथी राख्न संसदबाट पास गर्न खोज्नु नियोजित कदम भएको हुँदा गलत कदमको प्रतिवादमा नेपाली नागरिक सडकमा आउनुु पर्ने बेला आएको बताउनु भयो । चार राजनीतिक दलले संयुक्त रुपमा आज दाङसहित देशभर एमसीसीको खारेजीको माग गर्दै विरोध सभा सम्पन्न गरेका छन् ।
राष्ट्रिय रुपमै चर्चामा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी नेपालमा लागुु गर्नुुपर्छ भन्दै सत्तासिन केही राजनीतिक दलहरु अहिले आन्तरिक गृहकार्यमा लागि रहेका बेला धेरै राजनीनित दलहरु त्यसको विरोधमा छन् ।
