
nsm
Pbu
tssbus
Sssbus1
Sssbus1
Gsl
Ssbus
Ssbus
ssbus
Ssbus

Tsm
Sls
Bbbpu
Rsb
Sbs
Pvg
Rgu
Wsp
Bbu
Gst
Hal
Ksm
nsb
Vor
Rgs
Rgu
Ggd
Asm
Ssm

Jmb
Gsb
Rpp
Rmb
Abd
Pls
Ptm
Mks
sab
Syp
Bml
bbt
Jmb
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन् ।
पछिल्लो महाधिवेशनबाट पार्टी अध्यक्षमा पराजित भएका थापाले आज पार्टीबाट आफू अलग भएको घोषणा गरेका हुन् । उनले गृहजिल्ला मकवानपुर पुगेर उनले पार्टी छाडेको घोषणा गरेका हुन् ।
त्यस्तै हेटौँडामा एक पत्रकार सम्मेलन गर्दै थापाले भावुक हुँदै राप्रपा छाडेको बताए । उनले राप्रपासँग आफ्नो ३१ वर्ष लामो सम्बन्ध टुटाउनुपर्दा मन भारी र पीडाबोध समेत भएको बताए ।
आजै उनले एक विज्ञप्ति समेत जारी गरेर पार्टी परित्याग गरेको पुष्टि गरेका हुन् । पार्टीभित्र देखिएको सैद्धान्तिक विचलन र खराब प्रवृत्तिलाई सुधार गरेर जाने आफ्नो चाहना भए पनि त्यसको सुनुवाइ नभएकाले अलग हुनुपरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । गत मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएपछि थापा पराजित भएका थिए । थापाले अब अलग्गै नयाँ पार्टी खोल्ने तयारी गरिरहेको समेत बताइन्छ ।
