
Nssbus7
syysr
dsbus
Gsbus
Skbss
Jas
Bbs
Amb
Ssbus
Ddhbs
Jsbus
Bbs
Jsbus
Rbs
Bsbus
Syees
bdsbn
Csbus
Gsl
Ratbs

Bbu
Vor
Asm
Rgs
Bbbpu
Tsm
Rsb
Pvg
nsb
Ksm
Sls
Rgu
Wsp
Ssm
Sbs
Hal
Ggd
Gst
Rgu

Mks
Jmb
Rpp
Abd
Ptm
Gsb
Jmb
Syp
Pls
sab
bbt
Bml
Rmb
दोलखा । नेकपा माओवादी केन्द्रमा एमाले र कांग्रेसका वडाअध्यक्षसहित ८६ जना प्रवेश गरेका छन् । शनिबार दोलखाको जिरी नगरपालिका वडा नं ८ वडा कमिटीद्वारा रामबोलमा आयोजित कार्यक्रममा एमाले र कांग्रेस परित्याग गरी ८६ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
उनीहरु माओवादी केन्द्रका युवा नेता तथा वाग्मती प्रदेशमा वन तथा वातावरण मन्त्री विशाल खड्काले टिका लगाएर माओवादी केन्द्रमा प्रवेश गराएका हुन् । माओवादी वडा कमिटीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले अहिलेको प्रतिकुल परिस्थितिमा देशलाई निकाश दिने पार्टी नै माओवादी केन्द्र भएको बताए । उनले भने, ‘देशमा जब-जब विभिन्न समस्या आउँछ । तब–तब माओवादी केन्द्रले त्यसलाई निकाश दिने गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई-दुई चोटी संसद विघटन गरेर विंधानमाथि प्रहार गर्यो ।देशलाई अस्थिरतातिर धकल्ने प्रपकाण्ड गर्यो । तर, त्यो ओलीको प्रपञ्चलाई हाम्रो पार्टीले असफल पारिदियो । दुई चोटी विघटन भएको संसदलाई पुनः जीवन दियो । त्यसैले देश जव–जव विभिन्न कालखण्डमा समस्यामा पर्छ । तब–तब माओवादी केन्द्र अगाडि बढेर त्यसलाई निकाश दिन्छ ।’
यस्तै एमालेबाट निर्वाचित जिरी नगरपालिका वडा नं ८ का कार्यवाहक वडाअध्यक्ष पेमादोर्जी शेर्पाले भने, ‘एमालेले जनताको मर्म बुझ्न सकेन् । त्यस कारण हामी एमाले छोडेर माओवादी केन्द्रमा प्रवेश गर्दछु । किन कि माओवादी केन्द्रले जनताको भावना, मर्म मात्र होइन् । देशलाई निकाश पनि दिँदै आएको छ । त्यसैले म लगायत एमाले र कांग्रेस परित्याग गरी ८६ जना माओवादी केन्द्र प्रवेश गरेका छौँ । जसमा युवा, महिला, विद्यार्थी र किसान पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।’
त्यस्तै कार्यक्रममा माओवादी केन्द्रका युवा नेता तथा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का, केन्द्रीय सदस्य नविन जिरेल, प्रदेश कमिटी सदस्य डि.एन शेर्पा,बैतेशोर गाउँपालिका पार्टी अध्यक्ष भिमबहादुर श्रेष्ठ,अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य रोशन खड्का, अखिल नेपाल खेलकुद महासङ्घका केन्द्रीय सदस्य पुष्कर अधिकारी,मन्त्री खड्काका सचिवालय सदस्य मनोज पाण्डे,सदस्य प्रशान्त कार्की सहभागी थिए ।
