Sidha Patra शनिबार, माघ २२, २०७८

दाङ । वर्षाका कारण जिल्लामा करोडौ मूल्यको काँचो इँटामा क्षति पुगेको छ । वर्षाका कारण क्षति पुगेको काँचो इँटाको बारेमा सम्बन्धित उद्योगमा पुगेर अनुगमन गरिएको छ । दाङ देउखुरी इँटा व्यवसायी समितिका अध्यक्ष प्रेमनाथ योगीको नेतृत्वमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा आठदेखि १३ लाख काचो इँटा पूर्णरुपमा क्षति पुगेको पाइएको अध्यक्ष योगीले बताउनुभयो । जिल्लामा उद्योगमा सातदेखि १४ लाख काचो इँटा पूर्णरुपमा क्षति पुगेको प्रारम्भिक विवरणमा रहेको र थप विवरण अनुगमनपश्चात् मात्रै आउने अध्यक्ष योगीले बताउनुभयो ।

काचो इँटाका लागि बिमा कम्पनीसंग पटक पटक बिमाका लागि अनुरोध गर्दा समेत बिमा नहुँदा व्यवसायीहरु हिउँदे वर्षाका कारण मर्कामा पर्दै आएका छन् । सरकारसंग भ्याटमा छुट र राहतको माग गरिएको अध्यक्ष प्रेमनाथ योगीले बताउनुभयो । जिल्लामा ३५ वटा इँटा उद्योग दाङ देउखुरी इँटा व्यवसायी समितिमा आबद्व रहेका छन् ।

जिल्लामा पाँचदेखि आठ करोडको लगानीका इँटा उद्योगहरु रहेका छन् । उद्योगहरु अनुगमन कार्य जारी रहेको दाङ देउखरी इँटा व्यवसायी समितिका प्रेस सल्लाहकार गोकर्ण पौडेलले जानकारी दिनुभयो । जिल्लामा उत्पादन गरिएका इँटाहरु सल्यान,रुकुम,प्यूठान,सुर्खेतलगायतका जिल्लाहरुमा पुग्ने गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]