
Sssbus1
Sssbus1
Pbu
ssbus
Gsl
nsm
Ssbus
tssbus
Ssbus
Ssbus

Asm
Hal
Bbbpu
Gst
Ksm
Sls
Rgu
Tsm
Sbs
Ssm
nsb
Rsb
Wsp
Pvg
Bbu
Rgs
Vor
Rgu
Ggd

Rmb
sab
Bml
Rpp
Pls
Abd
Mks
bbt
Syp
Jmb
Ptm
Jmb
Gsb
दाङ । वर्षाका कारण जिल्लामा करोडौ मूल्यको काँचो इँटामा क्षति पुगेको छ । वर्षाका कारण क्षति पुगेको काँचो इँटाको बारेमा सम्बन्धित उद्योगमा पुगेर अनुगमन गरिएको छ । दाङ देउखुरी इँटा व्यवसायी समितिका अध्यक्ष प्रेमनाथ योगीको नेतृत्वमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा आठदेखि १३ लाख काचो इँटा पूर्णरुपमा क्षति पुगेको पाइएको अध्यक्ष योगीले बताउनुभयो । जिल्लामा उद्योगमा सातदेखि १४ लाख काचो इँटा पूर्णरुपमा क्षति पुगेको प्रारम्भिक विवरणमा रहेको र थप विवरण अनुगमनपश्चात् मात्रै आउने अध्यक्ष योगीले बताउनुभयो ।
काचो इँटाका लागि बिमा कम्पनीसंग पटक पटक बिमाका लागि अनुरोध गर्दा समेत बिमा नहुँदा व्यवसायीहरु हिउँदे वर्षाका कारण मर्कामा पर्दै आएका छन् । सरकारसंग भ्याटमा छुट र राहतको माग गरिएको अध्यक्ष प्रेमनाथ योगीले बताउनुभयो । जिल्लामा ३५ वटा इँटा उद्योग दाङ देउखुरी इँटा व्यवसायी समितिमा आबद्व रहेका छन् ।
जिल्लामा पाँचदेखि आठ करोडको लगानीका इँटा उद्योगहरु रहेका छन् । उद्योगहरु अनुगमन कार्य जारी रहेको दाङ देउखरी इँटा व्यवसायी समितिका प्रेस सल्लाहकार गोकर्ण पौडेलले जानकारी दिनुभयो । जिल्लामा उत्पादन गरिएका इँटाहरु सल्यान,रुकुम,प्यूठान,सुर्खेतलगायतका जिल्लाहरुमा पुग्ने गरेका छन् ।
