
Tgp
Ksb
Ssb
Nsb
Gsb
Rks
Fmb
Ksb
Ssb
Csb
Bsn
Ksb
jsb
Rsb
Usb
Ppu

Gsb
Tsb
Ssb
Hl1
Usb

ptl
Rgu
Nps
दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । लमहीको सार्वजनिक बगैंचामा विहान ८ बजेबाट सुरु भएको मतदान केहिबेर अघि सम्पन्न भएको हो ।
नयाँ नेतृत्व चयनका लागि (संयुक्त लोकतान्त्रिक प्यानल) गठबन्धनको तर्फबाट जंगबहादुर चौधरीको नेतृत्व र लोकतान्त्रिक प्रगतिशिल प्यानल (नेकपा एमाले) को तर्फबाट सनमकुमार पौडेलको उम्मेदवारी परेको छ । उहाँहरु अध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहनुभएको छ ।
त्यसैगरी (संयुक्त लोकतान्त्रिक प्यानल) गठबन्धनको तर्फबाट उपाध्यक्षमा सीतादेवि चौधरी, सचिवमा बसन्त आचार्य, कोषाध्यक्षमा बासु गौतम, सदस्यमा किरण चौधरी, ज्ञानेन्द्र स्वर्णकार, शिवा चौधरी, सीता खत्री पोख्रेल, जगनारायण चौधरी प्रतिस्पर्धामा रहनु भएको छ ।
यस्तै लोकतान्त्रिक प्रगतिशिल प्यानल (नेकपा एमाले) को तर्फकबाट उपाध्यक्षमा श्यामकला भुसाल, सचिवमा दशरथ घिमिरे, कोषाध्यक्षमा देवमणी चौधरी, महिला सदस्यमा बिमला डाँगी, सरस्वती पुन मगर, धनमाया चौधरी, श्रीधर पौडेल, पप्पु डाँगीको उम्मेदवारी रहेको छ ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा ४ हजार २ सय ७७ जना मतदाता रहेकोमा २ हजार ७ सय ९ मत खसेको पत्रकार दशरथ घिमीरेले जानकारी दिनुभएको छ । साथै मतगनणा पनि आजै सुरु हुने उहाँको भनाई छ ।
