
bdsbn
Ssbus
Csbus
Jsbus
Gsbus
Ddhbs
Bbs
Bsbus
Gsl
Ratbs
Amb
Nssbus7
Skbss
Syees
gms
Bbs
dsbus
syysr
Pbu
Jas

Rsb
Sls
Vor
Pvg
Tsm
nsb
Rgu
Ksm
Gst
Rgu
Bbu
Ssm
Hal
Bbbpu
Asm
Rgs
Wsp
Ggd
Sbs

Jmb
Rpp
Jmb
bbt
sab
Gsb
Pls
Mks
Bml
Syp
Ptm
Abd
Rmb
दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश ख र नेपाली कांग्रेस लमही नगर समितिको संयुक्त अभियानमा लमही बजार क्षेत्रमा कोभिड विरुद्धको जनचेतना अभियान अन्तर्गत निशुल्क मास्क वितरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाबाट बच्नका लागि अनिवार्य मास्क लगाउनु पर्ने अभियानमा संलग्न नेताहरुको भनाई छ।
टोलीले लमहीको गोलघरबाट शुरु गर्दै लमही बसपार्क, पूर्वपश्चिम राजमार्ग हुँदै बजारका बिभिन्न सडकमा पुगेर मास्क नलगाएर हिड्ने मानिसलाई मास्क लगाउन अनुरोध गरेका थिए। अभियानलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संबिधान सभा सदस्य योगेन्द्र चौधरीले कोरोना महामारीबाट बच्न मास्क अनिवार्य प्रयोग गर्नु पर्ने बताए। अरुले गर्देला भन्नु भन्दा पनि आफु र आफ्नो घरपरिवार सुरक्षित रहन आफैबाट शुरु गर्नु पर्ने बताए।
दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले राज्यले मात्र गरेर सम्भव नहुने भन्दै अब नागरिक स्तरबाट पनि यस्ता सचेतनाका कार्यक्रम गर्नु अहिलेको आवश्यकता भएको बताए । पछिल्लो पटक देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन त्यति खतरनाक छैन भनेर लापरवाही गर्ने गरेका छन, त्यस प्रकारको गम्भीर गल्ति नगर्न सभापति पाण्डेले सबै नागरिकमा अपिल गरेका छन् । बढ्दै गरेको कोरोना संक्रमण रोकथाम र एक अर्कामा फैलिन नदिनका लागि मास्क अभियान शुरु गरेको प्रदेश ख का सभापति दिनेश गिरीले जानकारी दिए। संक्रमण दर बढिरहेको छ तर पनि मानिसहरुले हेलचेक्र्याई गरेको भन्दै सभापति गिरीले स्वास्थ्यका मापदण्ड पालना सबैले गर्नु पर्ने बताए।
त्यस्तै नेपाली कांग्रेसका युवा नेता तथा लमही नगर सभापति सन्तोष बुढाथोकीले पचास प्रतिशत मानिसले मास्क लगाउन छोडी सकेको भन्दै त्यसो गर्नु सबैको लागि घातक हुन सक्ने बताए। सरकारले भिडभाड नगर्ने, दुरी कायम गर्ने, विश्व स्वास्थ्य संगठनले भनेको स्वास्थ्यका मापदण्ड पालना गरे यो रोगको संक्रमण दर आफै घट्दै जाने बताए।
उक्त अभियानमामा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य योगेन्द्र चौधरी, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य सुबास न्यौपाने,दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डे,केन्द्रिय महाधिबेशन प्रतिनिधि कर्ण बहादुर बुढाथोकी,अनुप कुमार थापा,गिरिजा देबि न्यौपाने,मधु न्यौपाने,नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ ख का सभापति दिनेश गिरी,लमही नगर सभापति सन्तोष बुढाथोकी,नेपाली काङ्ग्रेस दाङ जिल्ला सचिव बालिका लम्साल,जिल्ला सदस्य लीलाराम खनाल,पूर्ण बहादुर बस्नेत,पुर्व जिल्ला सदस्य कुमार घिमिरे,प्रदेश ख का सचिव लालबिर खड्का,राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी,उपाध्यक्ष धनपती देबि यादव,प्रदेश सहसचिव कुल बहादुर बुढा मगर लगायतका नेताहरुको सहभागितामा नि:शुल्क मास्क वितरण गरिएको हो।दाङसमाचार

