
Csb
Ksb
Gsb
Fmb
Ssb
jsb
Usb
Tgp
Rks
Rsb
Ksb
Ksb
Bsn
Ppu
Ssb
Nsb

Ssb
Gsb
Hl1
Usb
Tsb

Nps
ptl
Rgu
दाङ । देउखुरी ब्याडमिन्टन क्लबले लमही नगर विकासका प्रमुख कुलबहादुर केसीलाई आइतबार एक ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ ।
लमही नगर विकासले लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडामा कभर्डहल निर्माण गरि क्लब,संघ,संस्था एवं एकेडेमीहरुलाई कभर्डहल संचालन तथा व्यवस्थापन गर्न शिल बन्दी विद्युतीय दर भाउ पत्र सूचना (टेन्डर) आह्वान गरेको छ । नगर विकासले यहीँ माघ १४ गते नयाँ युग बोध राष्ट्रिय दैनिक पत्रीकामा १५ दिने सूचना प्रकाशन गरेको हुँदा उक्त टेन्डर आह्वान प्रति क्लबले गम्भीर ध्यानाकर्षण जनाएको हो ।
त्यस्तै ब्याडमिन्टन खेल खेल्न र खेलाउनकै लागि लमही नगर विकासले करिब ९३ लाखको लगानीमा उक्त कभर्डहल निर्माण गरेको छ ।
लमही नगर विकासले यसरी ठेकेदार मार्फत सो हल संचालन गर्दा ब्याडमिन्टनको विकास नभई कभर्डहल व्यापारीकरण हुने भन्दै क्लबका अध्यक्ष प्रदीप रानाको नेतृत्वमा पुगेको समुहले नगर प्रमुख केसीलाई पत्र मार्फत ध्यानाकर्षण गराएको छ ।
क्लबले नगर विकासलाई उक्त टेन्डर प्रक्रियालाई बदर गरि देउखुरी ब्याडमिन्टन क्लबलाई सम्पूर्ण व्यवस्थापन तथा संचालनको जिम्मा हस्तान्तरण गर्न अनुरोध गरेको छ । घोराही र नेपालगन्जमा स्थानीयलाई पहिलो ग्राहेता दिएर कभर्डहलहरु संचालन गरेको हुँदा लमही नगर विकासले पनि स्थानीय क्लबलाई प्रमुख ग्राहेता दिनु पर्ने माग राख्दै सो ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो ।
त्यस्तै क्लबद्वारा हस्तान्तरण भएको सो माग पत्रलाई नगर विकासले बेवास्ता गरि सम्बोधन नगरेको खण्डमा कभर्डहलमा हुने सम्पूर्ण कार्यक्रमहरु बहिस्कार गरि थप दबाबमूलक कार्यक्रमहरु गर्न क्लब बाध्य हुने चेतावनी दिएको छ ।
यस्तै क्लबद्वारा हस्तान्तरण भएको उक्त ध्यानाकर्षण पत्र बुझ्दै लमही नगर विकास प्रमुख कुलबहादुर केसीले नगर विकासले सो कभर्डहल आफ्नै मातहतद्वारा संचालन गर्न नसकिने अवस्था सिर्जना भएपछि,सम्बन्धित सरोकारवाला निकाय र कानुनी विदलाई राखेर कानुन विदको सल्लाह सुझाव अनुसार उक्त टेन्डर आह्वान गरिएको बताएका छन् ।
प्रमुख केसीका अनुसार कानुनी रुपमा क्लबलाई सिधै जिम्मेवारी दिन नमिल्ने भएको हुँदा सो टेन्डर आह्वान गरेको बताए । क्लबका पदाधिकारीलाई स्वागत गर्दै केसीले भने,हाम्रो चाहना स्थानीयलाई नै प्रमुख ग्राहेता दिने हो । तर पनि तपाईहरु ढुक्क रहनुस हामीले अन्य पालिकाहरुमा कभर्डहल के कसरी संचालन गर्दै छन्, त्यस सम्बन्धि बुझेर कानुनमा मिल्ने गरि समस्याको समाधान गरौंला प्रमुख केसीले सो आश्वासन दिएर क्लबका सम्पूर्ण पदाधिकारीलाई पठाएका छन् ।
क्लबद्वारा हस्तान्तरण पत्र


