
Rks
Csb
Usb
Ksb
Bsn
Ksb
Ksb
Rsb
Gsb
Ssb
jsb
Nsb
Fmb
Tgp
Ppu
Ssb

Gsb
Ssb
Tsb
Hl1
Usb

Nps
Rgu
ptl
दाङ । लमही जेसिज बर्ष २०२२ का अध्यक्ष सहित सम्पुर्ण पदाधिकारीले सपथ लिँदै पदभार ग्रहण गरेका छन् ।
लमही जेसिज बर्ष २०२१ का अध्यक्ष दुलमदास चौधरीले निर्बिरोध नव निर्बाचित अध्यक्ष सुन्दर केसी सुजनलाई अध्यक्षको सपथ खुवाउँदै पद हस्तान्तरण गरेका हुन् ।
शनिबार लमहीमा सम्पन्न लमही जेसिजको २२ औँ पद हस्तान्तरण तथा सम्मान कार्यक्रमको आयोजना गरि सपथ खुवाईएको हो । नव निर्बाचित अध्यक्ष सुन्दर केसीले आफ्ना सम्पुर्ण पदाधिकारीलाई पदको जिम्मा दिँदै सपथ खुवाएका हुन् ।
लमही जेसिज बर्ष २०२१ का अध्यक्ष दुलमदास चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसँख्या तथा कल्याण मन्त्री ईन्द्रजित थारुको प्रमुख आतिथ्य एबम प्रदेश सभा सदस्य साँसद रेवतीरमण शर्माको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी थारुले जेसिजले जिम्बेवारी बोध गराउनुका साथै ब्यक्तित्व बिकाश गराउने कुरामा जोड दिए ।
देशको समृद्दीका लागि युवा एकता आबस्यक रहेको बताउँदै मन्त्री थारुले जेसिजले सबै अट्ने गरि बलियो सँगठन निर्माण गर्दै समाज निर्माणमा ध्यान दिवस भन्ने शुभकामना प्रदान गरे ।
कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै शिक्षक रेशम बहादुर बुढालाई सम्मान गरिएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा डा. सत्यदेब बैद्य, ब्यबसायमा खगेश्वर खनाल, कृषीमा महेश रेग्मी, खेलकुदमा शुसिला चौधरी लगायतका ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
बर्ष २०२१ कि कोषाध्यक्ष निर्मला चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा जेसिजका पुर्ब अध्यक्ष शेषमणी गौतम, नेपाल पत्रकार महासँघ दाङकि पुर्ब उपाध्यक्ष लिला शाह, त्रिभुवन नगर जेसिजका अध्यक्ष बिबेक आचार्य, देउखुरी उद्योग बाणिज्य सँघका अध्यक्ष खगेश्वर खनाल, नेपाल जेसिज बर्ष २०२२ का क्षेत्र घ का उपाध्यक्ष अनिल बहादुर शाही लगायतले नव निर्बाचित सम्पुर्णलाई शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको सहजिकरण लमही जेसिज बर्ष २०२२ का कानुनी सल्लाहकार फणाधर ढकालले गरेका हुन् । लमही जेसिज बर्ष २०२२ का लागि तपसिलका ब्यक्तीहरु जिम्बेवारीमा छन् ।
>>>लमही जेसिज बर्ष २०२२ का नव निर्बाचित पदाधिकारी हरु<<<
१. सुन्दर केसी सुजन – अध्यक्ष
२. दुलमदास चौधरी – निबर्तमाण अध्यक्ष
३. फणाधर शर्मा ढकाल – कानुनी सल्लाहकार
४. कबिराज पोख्रेल – कार्यकारिणी उपाध्यक्ष
५ . केशब दिपक शर्मा – कार्यकारिणी उपाध्यक्ष
४. रामदिन चौधरी – महासचिब
५. अशेष न्यौपाने – कोषाध्यक्ष
६. सुरज प्रसाद अधिकारी – उपाध्यक्ष
७ . रबिन केसी – उपाध्यक्ष
८. बिदुर शर्मा – उपाध्यक्ष
९. नारायणी चौधरी – उपाध्यक्ष
१०. ईन्दु डिसी – सचिब
११. निर्मला चौधरी – जनसम्पर्क अधिकारी
१२. किशन भट्टराई – तालिम निर्देशक
१३. टेकबहादुर पुन (पत्रकार) – शाखा सम्पादक
१४. शिशिर खड्का – खेलकुद सँयोजक
१५. टीका बहादुर केसी – सदस्यता बृद्वि सभापती
१६. सबिन केसी – प्रकरण निर्देशक
१७. सन्तुराम चौधरी – मनोरञ्जन सँयोजक
१८. आकाश केसी – च्याप्टर कोअर्डिनेटर
१९. अँकित खनाल – कोष बृद्वि सभापती
२०. हरिबहादुर कुँवर – सुपरीबेक्षण मुल्याङ्कन निर्देशक
२१. मुकेश चौधरी – जेसिज प्रबक्ता
२२. श्रृजन पौडेल – स्वास्थ्य सँयोजक
२३. सन्दिप पाण्डे – एनजिओ आईएनजिओ सँयोजक
२४. रञ्जित चौधरी – यातायात सँयोजक
२५. रामेन्द्र चौधरी – शिक्षा सँयोजक
२६. भोला चौधरी – आईटी सँयोजक
२७. सुमन शर्मा – फाईनशेल सेक्टर कोडिनेशन कोअर्डिनेटर
२८. अध्यक्ष सल्लाहकार!!
क. कमलजँग सिँह ठकुरी
ख. खेमराज घिमिरे
ग. बसन्त कुमार भण्डारी
२९. सदस्यहरु!!
माधब खनाल, शुसान्त चौधरी, प्रदिप भुषाल, सरोज पौडेल, अमित कुमार गुप्ता, हिमाल भुषाल, सुशील खनाल, रबिन चौधरी, छबिला भण्डारी, अस्मिता अधिकारी, केशब केसी, डिम्पल, प्रकाश बेलबासे, गीता चौधरी, गणेश बिसी, निर्मल ग्वाल, धनिराम चौधरी, प्रकाश रेग्मी, प्रल्हाद सिटौला, नन्दु कुमार यादब, श्रवन कुमार यादब, बृजलाल यादब, दिपक बर्मा, कृष्ण पल्लबी मगर ।

