Sidha Patra शनिबार, माघ ०८, २०७८

बाँके । जाजरकोट स्थायी घर भई हाल नेपालगञ्जमा डेरा गरी बस्ने एक किशोरीको अपहरणपछि बलात्कार भएको छ । किशोरीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा बाँके प्रहरीले दुई जना युवालाई पक्राउ गरेको हो ।

यस्तै खजुरा गाउँपालिका वडा नम्बर २ पुल्चोकमा तीन जना केटा साथीसंग फोटो खिचाइरहेकी किशोरी अपहरणमा परेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

त्यस्तै अधिकारीका अनुसार पाँच जनाको संख्यामा आएका युवाहरुले किशोरीका केटा साथीहरुलाई कुटेर लखेटेपछि अपहरण गरेका थिए । एक जना युवाले किशोरीलाई मोटरसाइकलमा राखेर पहिले जंगलमा पुर्‍याएर बलात्कार गरेपछि पुनः घरमा ल्याएर बलात्कार गर्दैगर्दा प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी प्रमुख एसपी अधिकारीले बताए ।

यसैगरी अर्को एक जना युवालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घटनामा संलग्न अन्य युवाहरुको खोजी गरिरहेको बाँके प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]