
Gsl
ssbus
tssbus
Sssbus1
nsm
Ssbus
Sssbus1
Ssbus
Pbu
Ssbus

Ssm
Vor
Tsm
Bbbpu
Rsb
Ggd
Wsp
Rgs
Pvg
Hal
nsb
Gst
Ksm
Sls
Rgu
Bbu
Sbs
Asm
Rgu

bbt
Rmb
Gsb
Jmb
Rpp
sab
Bml
Mks
Ptm
Pls
Jmb
Syp
Abd
दाङ । तुलसीपुर उपमहानगरपालिकाले राजश्व सुधार कार्ययोजना गरिएको छ । राजश्व विज्ञको परामर्शमा ४ वर्षलाई प्रक्षेपण गरेर तयार पारिएको पुस्तक एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको हो ।
राजश्व परिचालन क्षमताका आधारमा स्रोतहरुको सम्भाव्यता, जनताको कर तिर्नसक्ने क्षमता र उप–महानगरपालिकाको राजश्व प्रशासनको समस्टिगत विश्लेषण गरी सुधारका उपायहरु पहिचान गर्दै राजस्वमा अभिबृद्धि गर्ने उद्देश्यले राजश्व सुधार कार्ययोजनाको नीति अघि सारिएको तुलसीपुर उपमहानगरपालिका राजश्व शाखा प्रमुख भेषराज चन्दले जानकारी दिनुभयो । कार्ययोजनालाई टेकेर अघि बढेमा आर्थिक बर्ष २०८१÷८२ मा दुई अरब ६२ करोड,३० लाख २३ हजार बढी राजश्व संकलन गर्न सकिने प्रक्षेपन गरिएकन गरिएकाले अत्यन्तै बैज्ञानिक र व्यवहारीक समेत भएको चन्दले बताउनुभयो ।
त्यस्तै चालु आव२०७८÷०७९ मा ६० लाख राजश्व संकलनको लक्ष्य लिएको उपमहानगरपालिकामा पुषमसान्तसम्म ११ करोड मात्र संकलन भएको छ । सुधार कार्ययोजनामा करका क्षेत्र, उपमहानगरमा रावश्य असुलीको वर्तमान अवस्था, राजश्व परिचालनका सन्दर्भमो विद्यमान नीति र संस्थागत संरचना, जनशक्ति, विगतको राजश्व (आय) परिचालन अवस्था, उप–महानगरपालिकाको राजश्वको संभाव्यता, वर्तमान आन्तरिक आयका आधार, दर र प्रशासकीय संरचनाको जिम्मेवारी समेत स्पष्ट हुने गरी विलेश्लेषण गरिएको छ । सो अवसरमा नगर प्रमुख घनश्याम पाण्डेले लक्ष्य अनुसार राजश्व संकलनका लागि अध्यक्ष र वडा सचिवहरुको तत्परर्ता आवश्यक हुने बताउनु भयो ।
यस्तै राजश्व चुहावट हुँदा विकास निर्माणका कामहरु प्रभावित हुने भन्दै लक्ष्य अनुर अघि बढ्न निर्देशन दिनुभयो । त्यसैगरी तुलसीपुर उपमहानगरपालिका आर्थिक समितिका संयोजक माधव वलीले उपमहानगरपालिको प्रयासले मात्रै सम्भव नहुने भएकाले राजश्व वृद्धिका लागि सबै वडाहरु जिम्मेवारी बोधका साथ लाग्नु पर्ने बताउनुभयो । सो अवसरमा तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती र तुलसीपुर उद्योग बाणिज्य संघका महासचिव बिलिन केसीले कर असुली मात्रै भन्दा पनि करको दायरा फराकिलो बनाउने योजनाका साथ अघि बढ्नुपर्ने भन्दै कर निर्धारण गर्दा व्यवसायीहरुसंग पनि छलफल गर्नुपर्ने सुझाएका थिए । उनिहरुले विज्ञापन कर र सरसफाई कर व्यवसायीसंग समन्वय नगरेर ल्याएको भन्दै यसलाई पुर्नरबिचार गर्न माग गरे ।
त्यसैगरी तुलसीपुर उपमहागनरपालिका उप प्रमुख माया शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तक तयार गर्नका लागि सहयोग गर्ने साझेदारी संस्था यूएसए आइडी– संघियता सहयोग कार्यक्रमका तुलसीपुर प्रतिनिधी विश्वमणी खनालले नगर प्रमुख घनश्याम पाण्डेलाई राजश्व सुधार कार्ययोजना पुस्तक हस्तान्तरण गनुएभएको थियो । सो अवसरमा १९ वडाका वडा अध्यक्ष,वडासचिव लगाएतको सहभागिता रहेको थियो ।
