
gms
Bksbus5
Rbs
Gsbus
Gsl
Ssbus
Ddhbs
dsbus
Nssbus7
Pbu
Amb
Jsbus
Csbus
Ratbs

Sls
Vor
Rgs
Ksm
Ssm
Wsp
Sbs
Rgu
Rgu
Pvg
Tsm
Hal
nsb
Ggd
Gst
Rsb
Bbu
Asm
Bbbpu

Ptm
Mks
Bml
sab
Rpp
Jmb
bbt
Pls
Abd
Gsb
Syp
Rmb
Jmb
धार्मिक र ऐतिहासिक रुपमा नेपाल र भारत बिच साइनो जोडिएको छ । त्यही मित्रताको सम्बन्ध भित्र गुम्सिएका बिस्तारबादी षड्यन्त्रका शृङ्खला धेरै पहिलेबाट नै जारी थिए। आधुनिक नेपालको निर्माण हुँदै गर्दा भारतमा ब्यापारी बनेर छिरेका अंग्रेज़हरु भारतलाई इष्ट इन्डिया कम्पनीको गुलाम बनाउदै आफ्नो उपनिबेशी पखेटा भारत भर फिजारिरहेका थिए। नेपाल निर्माण हुदाको बखत बाटै दक्षिणका शासकहरुबाट सतर्क रहदै आएको थियो। नेपाल पनि आफ्नो एकीकरणको अभियानमा तिब्र रुपमा अगि बढाइरहेको अवस्थामा भारतिय उपमहाद्विपमा नेपाल मात्रै अंग्रेज़का विरुद्ध खडा हुने शक्तिशाली मुलुक थियो। तत्कालीन दरबारमा हुने राजनैतिक खिचातानी अनि शक्ति संघर्षमा अल्झिएको नेपाललाई उपनिबेशवादी बेलायतले सुघौली सन्धिका बुदाहरुमा जगडेको थियो। सुघौली सन्धी नेपाल र अंग्रेज़ बिचको युद्धको दुखद र कारुणिक परिणाम थियो जसमा नेपाल हार्न पुगेको थियो। सुघौली सन्धीका बुदाहरुले नै आजको नेपालको खाका कोर्नुका साथै नेपाललाई बेलायती उपनिबेशको समर्थकका रुपमा प्रस्तुत गर्न सफल भएको थियो। नेपालले आफ्नो १/३ भुभाग गुमाउनु परेको पीडा, नेपालका जवान बेलायती सेनामा भर्ती हुने, बेलायती रेसिडेन्स नेपालमा रहने, बेलायती प्रतिनिधि नेपालको दरबारमा उपस्थित हुने लगायतका असमान र अबैधानिक सर्तहरु मान्न तयार भए बाट नै दक्षिणि हस्तक्षेप बढ्न थालेको थियो। राणाकालीन समयमा नेपालका राणा शासकहरु अङ्ग्रेजी शासनबाट निकै प्रभावित भएका इतिहासिक तथ्यहरु भेट्ने गरेका छौ।
जब भारतवाट अंग्रेज़हरु जाँदै थिए, भारत एक स्वतन्त्र राष्ट्र बन्दै थियो, त्यो बेला भारतमा ५५० राजाहरुका राज्यहरु थिए, भारतको जन्म सङ्गै उस्को शत्रुको पनि जन्म भएको थियो, अंग्रेज़ले भारतलाई धर्मका नाममा बिभाजित गरेको थियो। र त्यहाका राजाका राज्यहरुलाई आत्म निर्णयको अधिकार दिएको थियो, भारत रोज्ने कि पाकिस्तान अथवा स्वतन्त्र राज्य रहने भनेर। आधुनिक भारत निर्माणमा सरदार बल्लभ भाइ पटेलको महत्त्वपूर्ण भुमिका रहेको छ। उनै सरदार पटेलको नेतृत्वमा भारतले आफ्नो आकार प्राप्त गरेको हो। सन १९५० मा नेपाल र भारत बिच एक सन्धि हुन्छ, जसले आधुनिक भारत र नेपाल बिचको सम्बन्धलाई नया मोड दिन्छ, र यो एक प्रकारको सुघौली सन्धिको भारतिय संस्करण थियो। जहाँ सम्म मलाई लाग्छ कि यो सन्धी हुदा भारतको नेपाल माथी ठूलो दवाव र षड्यन्त्र थियो। यो सन्धी हुदा नेपाली कांग्रेसको प्रजातान्त्रिक क्रान्ती आफ्नो चरम सिमा मा थियो। सायद यो सम्योग मात्र हुन सक्छ तर नेपाल भारत बिच मैत्री सन्धी जुलाई १९५० मा हुनु, सेप्टेम्बर १९५० मै नेपाली कांग्रेसले सशस्त्र क्रान्ती सुरु गर्नु, अनि नोभेम्बर १९५० मै राजा त्रिभुवन दरवारबाट भागेर भारतीय दूतावासमा शरण लिनु अनि उनलाई भारत लिएर जानू, यो सबै इतिहासीक काम एकै बर्षमा हुनु कुनै योजनाबद्द त थिएन, भनेर प्रश्न उठन पनि सक्छ,अथवा यो एक संयोग मात्र हो कि? यो इतिहासको गर्व मै छ, सायद इतिहासकारहरु यस बारेमा मैले भन्दा राम्रो ब्याख्या गर्न सक्छन। म यति मात्रै भन्न सक्छु कि,भारतले नेपाल भित्र पस्ने ढोका सन १९५० मा पुरै खोल्यो, नेपालका राजा उनकै नियन्त्रणमा, नेपालको पहिलो क्रान्ती उनकै समर्थनमा, नेपालका शासक राणाहरु पनि जोगिने आशमा उनिहरु मै शरणम गरे पछि भारतले नेपालमा आफ्नो प्रभुत्व स्थापित गर्न सफल नै भयो। भारत बिना नेपालको कल्पना गर्न न सकिने गरि नेपाललाई भारत निर्भर बनाउने कामको थालनी पनि सोही समयबाटै भए।
सन १९५१ मा प्रजातन्त्र आएपछि भारतको पहुच राजनैतिक दल देखि नेपालको दरबार सम्म भयो, मातृका प्रसाद कोइरालाले त भारतिय सैनिक मिसनलाई नै नेपाल भित्र्याए आफू प्रधानमन्त्री भएका बेला। जावलाखेलमा हेड क्वाटर राखी नेपालका उत्तरी सिमाहरुमा भारतिय सैनिक आफ्ना क्याम लगाएर बसे, नेपाल भित्रका हरेक सुचनाहरु भारतीय स्वार्थ पुर्तीका लागि भए। नेपाल चरम अस्थिरतामा गुज्रिएको थियो, यस्तै अस्थिरतामा हाम्रो छिमेकीले आफ्नो स्वार्थ साद्ने मौका मिलाउदै गए, नेपाललाई आर्थिक, सामाजिक, राजनैतिक र मानसिक रुपमा भारतको अधिनमा पार्ने काममा भारत सफल भएको छ। प्रजातन्त्र देखि लोकतान्त्रिक गणतन्त्र सम्म नेपालले तय गरेको हरेक यात्रामा भारतिय योजनाको गन्द न आउने चाहिँ होइन, पन्चायतको आगमन पनि भारतीय इसारामा भएको थियो,प्रजातन्त्रका लागि क्रान्ती पनि भारतीय सहयोगमै हुँदै गए, इतिहासले प्रमाणित गरेको छ, जब जब नेपालमा केही ठुला उथलपुथल भए, उथलपुथलको जग भारत नै भयो, सायद त्यो भारत र नेपालको विशेष सम्बन्धले पो हो कि? बि.स. २०२८ सालमा नेपालमा पहिलो नाकाबन्दि लाग्यो, प्रधानमन्त्री थिए कृतिनिधी बिष्ट, नाकाबन्दि लाग्नुको कारण भारतिय सैनिक मिसनको भारत फिर्ती हुनु।
भारत सदैव नेपालबाट ससन्कित रहदै आइरहेको छ, भारत नेपाल मामिला माथी यति हस्तक्षेप गर्नु मुख्य कारण भारतिय असुरक्षा हो। भारतले नेपाली भुमिको प्रयोग मार्फत आफ्नो मुलुकमा जस्ता पनि हमला हुन सक्ने भनी नेपाललाई थ्रेट जोनमा राखेको छ, त्यसैले उसले नेपाल माथी आफ्नो प्रभुत्व कायम गरि नेपाललाई नियन्त्रण गर्ने हरेक सम्भब प्रयासहरु गरिरहेको छ।
सन १९५० मा भारतले नेपाललाई हेर्ने दृष्टिकोण र नीति अनि आज सन २०२०मा हेर्ने दृष्टिकोण र नितिमा कुनै फरक छैन, त्यो बेला पनि आफुलाई असुरक्षित मान्थ्यो, आज पनि त्यही छ। तर १९५० देखि २०२० सम्म आईपुग्दा नेपालमा भएका परिवर्तन अनि नेपालको बिदेश नितिमा आकाश जमिनको फरक छ, अनि हरेक ६ महिनामा हाम्रो नीति फरक हुन्छ। किन कि हाम्रो कुनै दिर्घकालिन नीति छैन। पन्चायतको अन्त्यका भएको इतिहासिक आन्दोलन सुरु हुनु भन्दा एक बर्ष पहिले भारतले नेपालमा नाकाबन्दि गरेको थियो, २०४६ सालको जन आन्दोलन सुरु हुनु भन्दा पहिले भारतिय नेताहरु नेपाल आएर नेपाली कांग्रेसलाई प्रशिक्षित गरेको इतिहासिक प्रमाणहरु पाइन्छ। टुक्रा टुक्रामा बिभाजित कम्युनिस्ट भन्नेहरु पनि जन आन्दोलनका लागि सबै कुरा बिर्सिएर बाम मोर्चा तयार गरि कांग्रेसलाई साथ दिए।
नेपालमा हरेक राजनैतिक दल भारतको प्रभावबाट मुक्त हुन सकेन्न। नेपालमा बहुदल आयो, भारत एक पछि अर्को आफ्ना योजनामा सफल हुँदै गयो, हामी हाम्रो सेनाको रक्षा प्रणालीलाई अत्याधुनिक हतियारले सुसजित गरेनौ। हामीले हाम्रो बाहिय गुप्तचरी सन्स्थालाई तहस नहस पार्यौ। गुप्तचरी संस्था केबल पार्टीका कार्यकर्ता भर्ती केन्द्रको रुपमा स्थापित गरियो, जसले गर्दा हामी बाहिय मुलुकका योजना र षड्यन्त्रका सुचनाहरु प्राप्त गर्ने अवस्थामा रहेनौ। त्यति मात्र होइन नेपालले आफ्ना उद्योग कल कारखाना बन्द गरौ, हडताल गरौ, मजदुर आन्दोलनका नाममा धरासायी गराऔ। नेपालले आफ्नो उत्पादन बन्द गर्दै निर्यात भन्दा आयात बढि गराउदै गयो, भारत नेपालको घर घरमा, भान्सा भान्सामा अतिक्रमण गर्न पुग्यो, बार्सिक खुर्सानी मात्र २ खर्ब रुपियाको हामी भारतबाट आयत गर्दछौ।
२०६२/६३ को जन आन्दोलन भन्दा अगाडि भएको १२ बुद्दे सम्झौता सात दलका नेता गिरिजा प्रसाद तथा बिद्रोही नेता प्रचण्ड बिच भारतमा भयो। यो दिन आउनुमा पनि ठूलो षड्यन्त्र रहेको छ। जनबादी क्रान्तीका नेपाली गुरु मोहन बैध लगायतका नेताहरु यदि बाहिर हुन्थे भने सम्झौता हुने थिएन, बाबुराम भट्टराईको मुख्य भुमिका रहेको बार्ह बुद्दे सम्झौता पनि भारतिय हस्तक्षेपको एक शिखर बिन्दु थियो। भारतको अभिभावकत्वमा हरेक परिवर्तनलाई संस्थागत गर्ने हाम्रा नेताहरु धेरै कुरा राजनैतिक स्वार्थका चुकेका छैनन भन्न सकिन्न। १२ बुदेको जगमा उभिएको गणतन्त्रमा भारतको हस्तक्षेप हुदैन भनेर कसले पताउछ? हरेक समय नेपाल माथी हस्तक्षेप छ। नेपालको अन्तरिक ममिला देखि राजनैतिक ममिला हुँदै अन्तरास्ट्रिय मामिला सम्म भारतिय हस्तक्षेप रहेको छ।
अब कुरा गरौ सिमा विवादको! सिमा बिवाद नेपालमा सदैब सत्ता आरोहणको बुदा बनेको छ। सिमा बिवाद किन छ? के यो हल हुन नसक्ने हो? अवश्य नि न सक्ने चाहिँ होइन, यो हल गर्न सकिन्छ। तर नेपाली नेताहरुमा त्यो आत्मबिश्वास नै छैन। सिमा बिवाद किन यतिका लामो समय देखि रहिरहेको छ। सोचौ त, भारतको कारणले रहेको छ कि? नेपालको? नेपाल कै कारणले रहेको छ। जब भारत नेपालको सिमा बिवाद मिलाउने कार्य हुन्छ तब नेपालले भुमी गुमाउनु पर्ने अनि केही भुमी प्राप्त गर्ने हुन सक्छ अनि नक्सामा केही परिवर्तन आउनु साथ नेपालि जनता बाट बहिस्कार हुने डरले कुनै नेताले यस बिवादलाई सुल्झाउने प्रयास नै गर्दैन। जब कुटनैतिक प्रयास नेपालले गर्न सक्दैन, भारतको बलमा आएको ब्यबस्था अनि भारत कै बलमा सत्ताको स्वाद चाखेका हरुले कसरी नेपालको स्वभिमानको रक्षा गर्न सक्छन? सक्दैनन! भारत एकदम ढुक्क छ, नेपालका नेतृत्व भारत प्रती बफादार छन भनेर! भारत हरेक भारत बिरोधि सम्भाबित गतिबिधीलाई यसरि बदनाम गराई सकेको छ कि अब फेरि कोहि भारत विरुद्ध आवाज उठाउछ भने जनताले पत्ताउन नसक्ने अवस्था निर्माण गरिसकेको छ। सुरुङ्ग युद्ध गर्छु भनेर जनता उक्साउने माओबादीलाई सन्सदिय सत्ताका भुरुङ्ग नचाए झै नचाईदियो कि माओबादीको नामो सिशान नै मेटियो। किन यो भयो त भन्दा भारत बिरोधि अर्को संघर्ष नेपालमा सुरु न होस भनेर भारतले माओबादीहरुलाई एन्टि भारत कार्डका रुपमा मलजल गरि ती भावनालाई तुहाउने काम पनि भारतले नै गर्यो।
नेपालका २३ जिल्लामा ७२ ठाउमा भारतले सिमा मिचेको छ। सुस्ता, कालापानी, लिपुलेक अनि लिपियाधुरा त चर्चा पाएका ठाउ भए, नेपालका कति खेत, खर्यान हरु छन जहाँ राता रात सिमा अतिक्रमण भैरहेका छन। हुदा हुदा काला पानी लिम्पियाधुरा नेपालले प्रयोग नक्सामै गायब भएको अवस्थामा छ। के बास्तव नै नेपाली नेतृत्वले थहा नपाएर होला त ?
देशको नेतृत्व गर्ने मान्छेलाई देशको राष्ट्रियता, सार्बभौमसत्ता, अखण्डता अनि सम्प्रभुता माथिको लजास्पद हस्तक्षेपका बारेमा थहा नहुनु कती आपत्ती जनक कुरा हो। यो थहा नभएको भन्दा कि थहा नपाए झै गरेको हो। जनताले माफ गर्ने छैनन।
भारतिय हस्तक्षेपबाट मुक्त हुने एउटै मन्त्र छ, त्यो हो आत्मनिर्भरता।
हामी नेपालीको परम शत्रु नै हाम्रो परनिर्भरता नै हो, हामी हरेक कुरामा परनिर्भर हुँदै गैरहेका छौ।हामि माथी छिमेकी को हस्तक्षेप हुनुको कारण पनि हाम्रो परनिर्भरता नै हो। के हामी पछिका नेपालका पुस्तालाई हामी प्यारासाइट सरि जीवन जिउन बाध्य पार्ने हो? के हाम्रो रास्ट्र प्रती कुनै दायित्व र कर्तव्य छैन, के हाम्रो भाबी सन्तती प्रती हाम्रो कुनै उत्तरदायित्व छैन? यहि दिन देख्नका लागि हाम्रा वीर पुर्खाले आफ्ना रगतले सन्चिएर नेपालको रेखा कोरेका हुन त? हामीले कम्तीमा हरेक नेपाली नागरिकले खुर्सानी मात्र भएनी आफ्नै बारीको अथवा बारी छैन भन्ने शहर बजार तिर गमलमा भएनी लगाएर नेपाल कै खुर्सानी उपभग गर्ने हो भने पनि १/२ देखि २ अर्ब नेपाली रुपैया भारत जानबाट केही हद सम्म रोक्न सकिन्छ। यसै गरि हामी आत्मनिर्भर भै नेपालको स्वभिमान अनि स्वधिनताको लडाइमा भारतका अत्याचार र हेपाह प्रवृत्ति विरुद्ध खडा हुन सक्छौ। अनि बल्ल हामी गर्वका साथ नेपाली हुनुको महसुस गर्न सक्छौ। देश जोगाउने हामीले हो। के हामी तयार छौ ?
लेखक किशोर गैरे, बर्दघाट नगरपालिका वडा नंवर ४ नवलपरासीबासी हुनुहुन्छ।
