
Gsl
Sssbus1
ssbus
tssbus
Sssbus1
nsm
Pbu
Ssbus
Ssbus
Ssbus

nsb
Bbu
Ggd
Sls
Hal
Rgu
Gst
Ssm
Rsb
Wsp
Tsm
Pvg
Asm
Bbbpu
Ksm
Rgs
Vor
Sbs
Rgu

Rpp
Abd
Mks
bbt
Jmb
Bml
Gsb
Rmb
Ptm
Syp
Jmb
sab
Pls
दाङ । घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि ईन्धन (पदाधिकारी) खर्च ४० लाख रुपैयाँ विनियोजन गर्यो। उपमहानगरले पहिलो चौमासिकमा १५ लाख, दोस्रो चौमासिकमा पनि १५ लाख र तेस्रो चौमासिकमा १० लाख रुपैयाँ खर्च गर्ने गरि पदाधिकारीहरुको ईन्धन खर्च विनियोजन गरेको छ। उपमहानगरले राखेको खर्च शिर्षकअनुसार घोराही उपमहानगरका पदाधिकारीहरुका लागि ईन्धन खर्च वापतको यो बजेट हो ।
उपमहानगरका पदाधिकारीहरु मेयर, उपमेयर तथा वडा अध्यक्षहरु हुन्। घोराही उपमहानगको हकमा मेयर, उपमेयरसहित १९ वडा अध्यक्ष गरि कुल २१ पदाधिकारी हुन्। घोराही उपहानगरका उपप्रमुख सीता सिग्देल न्यौपानले भनिन् ‘पदाधिकारी भनेका मेयर, उपमेयर र वडा अध्यक्षहरु हुन् ।’
अतः घोराही उपमहानगरपालिकाले छुट्याएको ४० लाख रुपैयाँ उनै १९ वडा अध्यक्षसहित मेयर र उपमेयरको ईन्धन खर्च हो ।
उपमहानगरले कति पदाधिकारीलाई यो खर्चबाट ईन्धन उपलब्ध गराउँछ त ? तेस्रो आँखाले खोज सुरु गर्याे । घोराहीका १९ वडा मध्य बहुमत वडा अध्यक्षहरुसँग गरिएको कुराकानीका आधारमा त ४० लाख रुपैयाँको ईन्धन घोराहीका मेयर र उपमेयरका दुई ‘स्कार्पियो’ गाडीमा मात्रै खर्च हुँदो रहेछ । वडा अध्यक्षहरुले त उपमहानगरबाट पदाधिकारी शिर्षकको ईन्धन सुविधा लिँदो नै रहेनछन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष माधव चौधरीले आफूले उपमहानगरबाट ईन्धन कहिल्यै नलिएको बताउँदै भने ‘हामीलाई उपमहानगरले कहाँ ईन्धन दिनु र हाल्नु ?’ वडा नम्वर ४ का वडा अध्यक्ष भीमबहादुर सार्कीसँग त झन सवारी साधन नै छैन । उपमहानगरबाट ईन्धन लिएको विषयमा सोधिएको प्रश्नमा उनले भने ‘मेरो सवारी साधन नै छैन, तेल के मा हाल्नु ?’ अत्यावश्यक कामका लागि वडाका सचिवको गाडी वडा अध्यक्षले प्रयोग गर्दा भने रहेछन् ।
तर उक्त गाडीमा पनि घोराही उपमहनगरको भने ईन्धन प्रयोग नगरिएको सार्कि बताउँछन् । ‘कहिलेकाँही आवश्यक काम परेका बेला सचिव ज्यू को गाडी प्रयोग गर्छु,’ उनले भने ‘तर त्यो गाडीमा पनि घोराही उपमहानगरको तेल प्रयोग हुँदैन ।’
५ नम्बर वडाका वडा अध्यक्ष बिष्णुमणी दाहाल पनि उपमहानगरको ईन्धन प्रयोग गरेको प्रश्नमा अचम्ममा परे । उनले भने ‘मैले मात्रै हैन, घोराहीका कुनै पनि वडाका अध्यक्षहरुले उपमहानगरबाट ईन्धन प्रयोग गर्नु हुन्न जस्तो मलाई लाग्छ ।’
घोराही ६ का वडा अध्यक्ष रेबबहादुर बुढाथोकीले आफूहरुको नाममा ईन्धन खर्च छुट्याईनु गलत भएको बताउँछन् । उनले वडा अध्यक्षहरुको सवालमा ईन्धन खर्च नभएको बताए । ‘मेयर र उपमेयरले ४० लाख कसरी खर्च गर्नु हुन्छ ? त्यो उहाँहरुलाई थाहा होला,’उनले भने ‘तर वडा अध्यक्षको हकमा उपमहानगरको ईन्धन खर्च भएको छैन, मेरो हकमा कुरा गर्नुहुन्छ भने मैले नगरको एक थोपा तेल पनि प्रयोग गरेको छैन ।’
उनका अनुसार पदाधिकारीको नाममा छुट्याईएको ईन्धन खर्च मेयर र उपमेयरका आफ्नाका लागि खर्च हुन सक्ने बताए । ‘त्यत्रो ४० लाखको तेल कसरी मेयर र उपमेयरको गाडीमा मात्रै खपत हुन्छ ?’ उनले भने ‘उहाँहरुका आफ्नाहरुलाई पनि बाँडिन्छ होला ।’
७ का वडा अध्यक्ष खोपीराम चौधरीले पनि उपमहानगरबाट ईन्धन नलिएको बताए । ८ का वडा अध्यक्ष चन्द्रबहादुर चौधरी पनि उपमहानगरको तेल प्रयोग गरेको विषयमा आश्चर्य प्रकट गरे ।
त्यस्तै ईन्धन प्रयोग गर्न नपाउने भनेर उपमहानगर आफैले भन्ने गरेको भन्दै चौधरीले कसरी वडा अध्यक्षहरुले तेल प्रयोग गर्ने भनेर ईन्धन खर्च छुट्याउने भन्दै प्रश्न गरे । ‘तेलको खर्च तपाईहरुले पाउनु हुन्न भनेर उपमहानगरले आफै भन्छ,’ उनले भने ‘अनि कसरी पदाधिकारीहरुका लागि तेल छुट्याईयो ?, हामीहरुले त ईन्धन खर्च वडाबाटै म्यानेज गरिरहेका छौँ ।’ ९ का वडा अध्यक्ष मानबहादुर वस्नेतले पदाधिकारीको शिर्षकमा राखिएको ईन्धन कर्मचारीहरुका लागि पनि प्रयोग हुन सक्ने बताउँछन् । तर आफूले ईन्धन प्रयोग नगरेको उनको भनाई छ । तर पदाधिकारीमा कर्मचारीहरु भने पर्दैनन् । ‘पदाधिकारी शिर्षकको ईन्धन कर्मचारीहरुले पनि प्रयोग गर्नुभएको होला,’ उनले भने ‘मैले त प्रयोग गरेको छैन ।’
यसैगरी आफूहरुले अहिलेसम्म ईन्धन नलिएको भन्दै घोराही १० का वडा अध्यक्ष चित्रबहादुर डाँगीले ‘माग्न आउने’ अन्यलाई दिएको हुन सक्ने बताए । ‘मेयर उपमेयरसँग तेल चाहियो भनेर माग्न आउनेहरुलाई उहाँहरुले दिनु हुन्छ होला,’ डाँगीले भने ‘मैले त अहिलेसम्म नगरको तेल हालेकै छैन ।’ ११ का वडा अध्यक्ष कुलबहादुर लामिछानेले पनि उपमहानगरको ईन्धन प्रयोग गर्दा रहेनछन् । उनले पनि भने ‘हामीबाट पनि ईन्धन प्रयोग भएको छैन, ढुक्क हुनुस् ।’१२ का वडा अध्यक्ष राजेन्द्र बुढाले आफूले घोराही उपमहानगरबाट ईन्धन प्रयोग गरेको सही छाप कहिँकतै नभएको बताए । उनले भने ‘तपाई उपमहानगरमा गएर हेर्न पनि सक्नु हुन्छ, मैले एक लिटर तेल पनि उपमहानगरको हालेको भनेर सही छाप भेटिए म जस्तोसुकै सजाय भोग्न तयार छु ।’ उनले घोराही उपमहानगरले नै ‘तेल पाउनु हुन्न’ भनेको समेत बताए । ‘तपाईहरुले तेल पाउनु हुन्न भनेर उपमहानगर आफैले भनेको छ,’ उनले भने ‘अनि कसरी हामीलाई तेल दिएछ ?’
त्यस्तै घोराही १४ का वडा अध्यक्ष शक्तिराम डाँगीले त यो बजेट चोरबाटो बाट आएको बताएका छन् । यो बजेटका बारेमा नगरसभामा कुनै पनि छलफल नभएको र उपमहानगरले एकलौटी ढंगबाट बजेट राखेको उनको भनाई छ । ‘यो बजेट उपमहानगरले एकलौटी अर्थात चोरबाटोबाट ल्याएको छ,’ उनले भने ‘यो बजेटका बारेमा नगरसभामा कुनै पनि छलफल भएको छैन ।’ उनले आफूले अहिलेसम्म उक्त शिर्षकको ईन्धन प्रयोग नगरेको भन्दै थपे ‘हुन त उहाँहरुले सूर्य चिन्हबाट जितेका वडा अध्यक्षहरुलाई मात्रै दिनु भएको भए मलाई त्यो चाहिँ थाहा छैन ।’
घोराही उपमहानगरको बहुमत वडा अध्यक्षहरुको यो भनाई हेर्ने हो पदाधिकारी नामको ईन्धन खर्च वडा अध्यक्ष बाहेकका दुई पदाधिकारी मेयर र उपमेयरका लागि मात्रै खर्च हुने देखिन्छ । मेयर र उपमेयरले प्रयोग गर्ने दुई वटा स्कार्पियो गाडीमा वार्षिक ४० लाख रुपैयाँ ईन्धन खर्च अधिक महंगो हो । तेस्रोआँखाबाट
