सिधा-पत्र/क्राईमबिट शुक्रबार, पुष २३, २०७८

बाँके । जंगलमा बाख्रा चराउन गएका बाँके राप्तीसोनारी–५ का बमबहादुर पुन शुक्रबार पाटेबाघको आक्रमणबाट जोगिन सफल भएका छन् । बाख्रा चराउन उनी स्थानीय शिद्धेश्वरी सामुदायिक वनभित्र गएका थिए । झाडीमा लुकेर बसेको बाघले आक्रमण गर्ने प्रयास गरेपनि उनी जोगिएका हुन् ।

त्यस्तै बाख्रा चराइरहेको अवस्थामा बाघले एक्कासी झम्टियो, मैले उसलाई छलेर लुके, बाघको आक्रमणबाट म जोगिए, तर बाख्रालाई बचाउन सकिएन,’ उनले भने । शुक्रबार दिउँसो करिव ३ बजेतिर बाघले आफुलाई झम्टिने प्रयास गरेपनि बाँच्न सफल भएको पुनले बताए । प्रहरीका अनुसार बाघले पुनको एउटा बाख्रालाई मारेको छ । यस्तै तीन वटा बाख्रालाई घाइते बनाएको र तीन वटा बाख्रो फेला नपरेको ईलाका प्रहरी कार्यालय बैजापुर धामपुरका इन्चार्ज एवम् प्रहरी नायव निरीक्षक मुकुन्द सिग्देलले बताए ।

धन्न बाघलाई छलेर उहाँ बाँच्न सफल हुनु भएको छ, नत्र आज पनि अर्को घटना निम्तिने रहेछ,’ उनले टेलिफोनमा भने । बाघले दिनहुँ आतंक मच्चाइरहेको सिग्देलले सुनाए । बाघले आक्रमण गर्दा बिहीबार मत्र राप्ती सोनारी ४ पर्सोना की ५३ वर्षीया लिला बिष्टको मृत्यु भएको थियो ।

यसअघि बुधबार जंगलमा पात टिप्न गएको अवस्थामा राप्ती सोनारी ४ बैजापुरकै ३० वर्षकी दुर्गा थारुलाई पनि आक्रमण गरेको थियो । तर, प्रतिकार गरेर उनी बाँच्न सफल भएकी थिइन् । बाँकेमा तीन महिनाको अवधिमा बाघको आक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ ।

बाघले दिनहुँ आतंक मच्चाउन थालेपछि बाँके राष्ट्रिय निकुञ्जले दुई वटा घरपालुवा हात्ती शुक्रबार बेलुकी राप्तीपारी क्षेत्रमा लगेको छ । त्यहाँ केही दिनसम्म हात्तीलाई राखेर बाघको निगरानी बढाउने बाँके राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]