
Ddhbs
Syees
Csbus
Ratbs
Ssbus
Bksbus5
syysr
Pbu
Jsbus
Nssbus7
gms
dsbus
Gsbus
Amb
Rbs
Gsl

Ksm
Rgs
Ggd
Wsp
Sls
Vor
Bbu
Hal
Bbbpu
nsb
Tsm
Asm
Pvg
Ssm
Sbs
Rgu
Rgu
Rsb
Gst

Abd
Ptm
Gsb
sab
Pls
Syp
Rmb
Jmb
Jmb
Mks
bbt
Rpp
Bml
कपिलवस्तु । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समिती समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको समायोजन कार्यक्रम सम्पन्न भएको छ ।
जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समितीले तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको समायोजन कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।
विगत लामो समय देखि समायोजन हुन नसकेको पार्टी एक विशेष समारोह बिच समायोजन गरिएको जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले बताउनु भयो । समायोजना कार्यक्रम मार्फत तत्कालीन समाजवादी पार्टी नेपालबाट ८१ जना र राष्ट्रिय जनता पार्टीका ५० जना गरि कुल १ सय ५१ प्रदेश समिती गठन गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो । प्रदेश समितिमा १५ जना पदाधिकारी हुनेछन् ।
त्यस्तै पुर्वमन्त्री तथा जसपा नेपाल लुम्बिनी प्रदेश इन्चार्ज दान बहादुर चौधरीले अङ्ग्रेजी नयाँ २०२२ को आज पहिलो दिन भएकोले नयाँ जोस जगार सहित पार्टी अघि बढ्ने बताउनु भयो । आज पार्टी समायोजन भएकोले संगठन विस्तार तथा पार्टीको सिद्धान्त अनुसार कार्यकर्तालाई काम गर्न प्रदेश इन्चार्ज चौधरीको भनाई रहेको थियो ।
जसपाका केन्द्रिय सदस्य पुर्व मन्त्री गोविन्द चौधरीले देश बनाउन संघीयतालाई बलियो बनाउन आग्रह गर्नु भयो । संघीयताको पक्षमा सदैव जसपा नेपाल बलियो खम्बा भएर उभिने पुर्वमन्त्री चौधरीले बताउनुभयो । जसपा नेपालका नेता तथा लुम्बिनी प्रदेश भौतिक पुर्वाधार विकासमन्त्री सहसराम यादवले जसपा नेपालले जनचाहना अनुसार विकास निर्माणका काम गरिरहेको बताउनु भयो ।
आदिवासी, जनजाती, मधेसी मुस्लिमको हक अधिकार सुनिश्चित गर्ने एकमात्र पार्टी जसपा नेपाल भएको केन्द्रिय सदस्य तथा प्रदेश सहइन्चार्ज कमल खनालले बताउनु भयो । समायोजन कार्यक्रममा बोल्दै सहइन्चार्ज खनालले अबको निकास र बिकासको पार्टी जसपा भएको बताउनु भयो ।
सो कार्यक्रममा जसपा नेपालका नारायण खनाल, पुर्व सांसद नरसिंह चौधरी,पुर्वमन्त्री मोहम्मद वकिल मुसलमान लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
नया पदाधिकारीको नामावली
अध्यक्ष अशोक यादव, उपाध्यक्ष अन्दुल रशिद खान, धनेश्वरी चौधरी, अतिउल्ला मुसलमान, मन्नु चौधरी, राज कुमार चौधरी, राज किसोर मिश्र, बदरुधुजा खान, महासचिव यज्ञ प्रसाद पोख्रेल, सचिव लक्ष्मी चौधरी ठाकुर चौधरी, पान्नेलाल यादव, ओम प्रकाश चौधरी, हिमानी थापा, कोषाध्यक्ष अम्बिका काफ्ले लगायत रहनु भएको छ ।
