
sbs
Rgp1
Gfs
Srbpu
Djs
Ggp
Pbu
Sgr
Lnp
pku
Rgp
cjs
Unsku
Pes

Rgu
Ssm
Bbu
Asm
Rgu
Sbs
Pvg
Sls
Rgs
Ggd
Ksm
Wsp
Bbbpu
nsb
Rsb
Gst
Vor
Hal
Tsm

Jmb
bbt
Mks
Bml
Pls
sab
Jmb
Gsb
Rmb
Rpp
Abd
Syp
Ptm
दाङ । देउखुरीको गढवा गाउँपालिकाको सार्बजनिक सुनुवाई शुक्रवार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाईमा बोल्ने सेवाग्राही तथा राजनितिक दलहरुले सेवाप्रबाहमा प्रभावकारीता बढाउन आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै राजनितीक दलका प्रतिनिधी तथा सेवाग्राही नागरिकहरुले गाउँपालिकाले प्रदान गर्दै आएको सेवामा थप प्रभावकारीता दिनुपर्ने,बर्षमा ३ पटक सार्बजनिक सुनुवाई राखिनु पर्ने,स्वास्थ्य शिविरहरु २ पटक राख्नुपर्ने,शिक्षा क्षेत्रमा गाउँपालिकाले लगानी गरे अनुरुप प्रतिफल प्राप्तीका लागि गुणस्तरीयतामा कडाई गर्नुपर्ने, सर्पदंश उपचार केन्द्रलाई थप प्रभावकारी बनाउनुपर्ने,स्वास्थ्यचौकी तथा सामुदायिक स्वास्थ्य केन्द्रलाई थप ब्यवस्थित गर्नुपर्ने र बर्षतको पानीले किसानको धान क्षति भएको बिषयमा राहात नआएको लगायतका कुराहरुमा जोड दिएका छन् ।
त्यस्तै नदीजन्य पदार्थको राजश्व महंगो भएको र उपभोक्ताहरुलाई सहज आपुर्तिको ब्यवस्थापन नभएको भन्दै सेवाग्राहीहरुले यसको ब्यवस्थापनमा जोडदिन गाउँपालिकालाई आग्रह गरेका छन् । यसैगरी अधुरा योजनाहरु पुरा गर्न र कालाकाटे गढवा राजपुर सडकमा बस्ति डुवानमा पर्ने स्थानमा नाली बनाउन निर्माण कम्पनिसंग समन्वय गर्नुपर्ने र राप्ती नदीमा निर्माण भएको शबदाहस्थल र प्रतिक्षालय ब्यवस्थापन गर्न लमही नगरपालिकासंग समन्वय गर्र्नुपर्ने कार्यक्रममा उपस्थित नागरिकहरुले आग्रह गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको बिस्तृत प्रतिवेदन प्रशासन प्रमुख पुनाराम शर्माले प्रस्तुत गर्नुभएको थियो । जस अनुसार गढवा गाउँपालिकाका यसबर्ष पुर्वाधारतर्फ ४१८ योजनाहरु रहेकोमा ७६ योजना सम्पन्न भै ९५ योजनाहरु संझौता भएर कार्यान्वय चरणमा रहेको,घरनक्सा अभिलेखिकरण र नक्सापास ११३,अपांगता परिचयपत्र वितरण २०९ जनालाई,रोजगार सेवा केन्द्रका ७९ योजना मध्ये २२ कार्यान्वयन भएको र अन्य कार्यान्वयन चरणमा रहेको,कृषि तथा पशु शाखाका कार्यक्रमहरु संचालन भै रहेको जानकारी गराईएको थियो ।
यस्तै न्यायिक समितिमा हालसम्म १७२ उजुरीहरु दर्ता भएकोमा ९९ निरुपण भै सकेको,कुल ७२ लाख ४१ हजार राजश्व असुली भएको र भूमी सम्बन्धि समस्याका ७ हजार ३ सय ९८ फाराम संकलन भएकोमा १ हजार १ सय ९७ लगत प्रबिष्ट भै सकेर ४४८ कित्ता नापी पनि भै सकेको कार्यक्रममा जानकारी गराइएको थियो । कुल बजेट ७८ करोड ६१ लख३९ हजार मध्ये ११ करोड ७९ लाख ८८ हजारको काम सम्पन्न भै सकेको र अन्य बजेट कार्यान्वयन तर्फ रहेको बताईको छ ।
गढवा गाउँपालिकाले ८ वटै वडाका भवनहरु तयार गरि सेवा सुचारु गरेको,सबै वडाहरुमा इन्टरनेट जडान गरेको,अनलाइन प्रबिधिबाट राजश्वसंकलन गर्ने गरेको,आम्दा नेपाल संगको समन्वय सहकार्यमा ८ स्थानमा सामुदायिक स्वास्थ्य इकाई र गाउँघर क्लिनीक भवनहरु निर्माण गरी सेवा सुरु गरेको,चारवटै स्वास्थ्य संस्थाहरुमा एमबुलेन्स सेवा सुचारु गरेको,सर्पदंश उपचार केन्द्र र गाउँपालिकाको प्रशासकीय भवन तयार गरि सेवा सुचारु गरेको,वडानं. ६ मा ११ वटा ब्यापारिक सटरहरु तयार गरेर बाहालमा दिएको कार्यक्रममा जनकारी गराइएको थियो ।
यसैगरी गढवामा १५ शैयाको अस्पताल निर्माणका लागि २५ करोडमा ठेक्का संझौता भै सकेको,कोभिड खोपको नियमीत निरन्तरता रहेको,माध्यमिक तह निःशुल्क शिक्षा कार्यान्वयन गर्न स्वयंसेवक शिक्षकहरुको ब्यवस्थापन गरेको र हालसम्म ३२ वटा ऐन नियम र कार्यबिधिहरु त्यार गरि कार्यान्वयनमा ल्याएको सर्बजनिक सुनुवाइमा जानकारी गराइएको हो । गाउँपालिकाले कृषि उत्पादन भण्डारणका लागि ब्यवस्थित सितभण्डार निर्माण गर्न राष्ट्रिय योजना आयोगमा पहल गरेको,कोइलाबासमा १ हजार मानिस अट्ने धर्मशाला निर्माणमा पहल गरेको,घरेलु हिंसा पिडीत महिलाहरुका लागि सुरक्षित आवास गृहका लागि पहल गरेको र वड नं. १ को धोदे्रमा रहेको १८ बिगाह ऐलानी जग्गामा वाल अस्पताल बनाउन प्रदेश सरकारसंग पहल गरेको जानकारी गराइएको थियो ।
सार्बजनिक सुनुवाइमा एमालेका चुडामणि पौडेल,नेपाली काँगे्रसका पुरन प्रसाद चौधरी,माओवादी केन्द्रका महेश अधिकारी,राष्ट्रिय जनमोर्चाका दिनमणि आचार्य,एकिकृत समाजवादीका गोबिन्द रोका,जनता समाजवादी पार्टीका महबुव अली,नागरिक समाज गढवाका संयोजक मोहन कुमार पाण्डेय,गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढामगर, स्थानीय समाजसेवी कैलाश चौधरी,चित्रबहादुर रावत,शिक्षकहरु ललबहादुर भण्डारी,शोभाराम यादव लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा आएका प्रश्नहरुको जवाफ गाउँपालिकाका अध्यक्ष सहजराम यादव,प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी र बिषयगत शाखाका कर्मचारीहरुले दिनु भएको थियो । गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको स्वागत मन्तब्बाट सुरु भएको सार्बजनिक सुनुवाईको सहजिकरण रेडियो साझा आवाजका स्टेशन म्यानेजर दुखहरण यादव,प्रेस संयोजक शिबराज पन्थी र पत्रकार सपना पौडेलले गर्नु भएको थियो ।

