
dsbus
Csbus
Ddhbs
Syees
Amb
Jsbus
Ssbus
Ratbs
Pbu
gms
Nssbus7
Gsbus
Bksbus5
syysr
Gsl
Rbs

Ksm
Ggd
Sls
Rgu
Ssm
Tsm
Bbu
Rsb
nsb
Rgu
Pvg
Hal
Asm
Gst
Bbbpu
Rgs
Vor
Wsp
Sbs

Pls
Bml
Abd
Jmb
Gsb
bbt
sab
Rpp
Mks
Rmb
Jmb
Ptm
Syp
काठमाडौं । आज नेपाली काङ्ग्रेस र उसका भ्रातृ संस्थाहरुले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छन् ।
पार्टीका संस्थापक बिपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।
यसै सन्दर्भमा नेपाली काङ्ग्रेस र उसका भातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाउन लागेको छ । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएका थिए । काङ्ग्रेसका संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री बिपी कोइराला लगायतलाई जेल हालियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्धमात्र लगाएनन् नेताहरुमाथि देशद्रोहको मुद्दासमेत लगाए । तर, २०२५ कात्तिक १४ गते बिपी कोइराला लगायतका नेताहरु जेलमुक्त भए । त्यसपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थाले ।
त्यसको ८ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते बिपी कोइराला,गणेशमान सिंह,शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेताहरु आफूहरु माथि लगाइएको मृत्यु दण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किए । मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ उनीहरु भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किएका थिए ।
दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका काङ्ग्रेसका नेताहरुले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।
प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन संघर्ष गरेका बिपी कोइरालाले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ । राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलापबाट मात्रै सुनिश्चित हुने भन्दै ४५ वर्ष अघि अवलम्बन गरेको नीति सान्दर्भिक रहेको नेताहरु बताउँछन् ।अनलाइनखबर
