
Gsl
Ksbus
Nssbus7
Ksbus
Bsbus
bpmhl
dsbus
Bksbus5
Ksbus
Lsbus
gms
Ssbus
Jsbus
Rsbus
Ssbus
Ssbus
Csbus
Gsbus
Pbu

Rgu
Sls
Bbu
Ssm
Rgs
nsb
Pvg
Ksm
Asm
Hal
Vor
Gst
Wsp
Ggd
Rgu
Tsm
Bbbpu
Sbs
Rsb

Jmb
Bml
Mks
Ptm
sab
Rmb
Abd
bbt
Syp
Rpp
Gsb
Jmb
Pls
कपिलवस्तु । नेपाली काँग्रेस कपिलवस्तुका सभापती तथा पुर्व सिचाई राज्य मन्त्री सुरेन्द्रराज आचार्यले सिमानामा अलपत्र नेपालीहरुको समस्या तत्काल समाधानका लागि नेपाल सरकार समक्ष आग्रह गरेका छन ।
एक प्रेस विज्ञप्ती जारी गर्दै उनले आफनै मात्रृभुमी प्रवेश गर्नका लागि कति प्रक्रिया खोजेको भन्दै तत्काल नेपालीहरुलाई उचित व्यस्थापन गर्नु पर्ने उनको भनाई छ । कपिलवस्तुको सिमानाका तथा दशगजामा १३ सय नेपालीहरु अलपत्र परेकोले व्यस्थापन गर्ने निकाय गैरजिम्मेवार बन्नु दुखद भएको बिज्ञप्तिमा भनिएको छ ।
आचार्यले कपिलवस्तुको क्वारेन्टाइनमा बसेको नेपालीलाई स्वाव परिक्षणका लागि किटको अभाव भएकोले यथाशिघ्र किटको व्यस्थापन गर्नुपर्ने संघ र प्रदेश सरकारसगं माग समेत गरे । उनले समुदायलाई कोरोनाबाट बचाउन सबैसँग आग्रह समेत गरेका छन । भारतबाट लुकिछिपी आउने नेपाली नागरिकका क्वारेन्टिनमा राख्न स्थानिय तहलाई उनको आग्रह छ । नेता आचार्यद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा सीमाको समस्या समाधानका लागि नेपाली काँग्रेस ऐक्यबद्ध रहेको पनि उल्लेख गरिएको छ । लकडाउनका समयमा सीमाको समस्याका विषयमा कुरा उठेकाले सबै मिलेर यसको समाधान गर्नुपर्ने सभापती आचार्यको धारणा छ ।
भारतबाट आएका नागरिकलाई अनिवार्य कोरोना परीक्षण गराउन समेत आचार्यले माग गरे । उनले जिल्लामा भारतबाट आएका नागरिकमा कोरोना संक्रमण देखिएका कारण परीक्षण गराएर मात्र घर जान उनले अपील पनि गरेका छन ।
