Sidha Patra आइतबार, पुष ११, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गरेको पार्टी एकता गल्ती नभएको बताएका छन् ।

पार्टीको आठौं महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले के कारणले पार्टी एकता भंग भयो आत्मसमीक्षा गर्नुपर्ने बताए । ‘फेरि एक पटक आत्मसमीक्षा गरौं, के कारणले हामी दुई ठाउँमा हुन पुग्यौं’ उनले भने, हामीले गल्ती गरेका थिएनौं ।’

त्यस्तै महाधिवेशनको उद्घाटन सत्रमा सहभागी एमाले महासचिव शंकर पोखरेलले नेकपाको एकता जोगाउन नसकेकामा पछुतो भएको बताएका थिए । उनको भनाइको प्रशंसा गर्दै प्रचण्डले एकता किन जोगिएन भनेर आत्मसमीक्षा गर्नुपर्ने बताए ।

यसैगरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पछिल्लो समय धेरै नजिक भएर काम गरेको भन्दै प्रचण्डले गठबन्धन भन्दा अगाडि बढ्न चाहेको टिप्पणी गरे । आफूले आठौं महाधिवेशनमा पेश गर्ने राजनीतिक दस्तावेजमा सबैभन्दा बढी आफ्नै आत्मसमीक्षा गरेको प्रचण्डले बताए । ‘मैले आफैंलाई चिरफार गरेको छु’ उनले भने ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]