
Sssbus1
ssbus
tssbus
Gsl
Sssbus1
nsm
Ssbus
Ssbus
Pbu
Ssbus

Rgu
Wsp
Hal
Sbs
Gst
Pvg
Bbbpu
Ksm
nsb
Sls
Ggd
Rgs
Bbu
Asm
Vor
Rgu
Ssm
Rsb
Tsm

bbt
Ptm
Jmb
Abd
Rpp
Mks
Bml
Syp
Pls
sab
Gsb
Jmb
Rmb
दाङ । देउखुरीको लमही बजारलाई आधुनिक शहरको रूपमा विकास गरिने भएको छ । शनिबार लमहीमा देउखुरी उद्योग वाणिज्य संघ लमहीको १८ औँ वार्षिक साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संघका उद्योग उपाध्यक्ष केशव पोख्रेलले सो कुरा बताएका हुन् ।
उद्योग उपाध्यक्ष पोख्रेलले आधुनिक शहर निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने योजना अगाडि सारिएको बताए । त्यसै गरि संघले देउखुरीमा औद्योगिक क्षेत्र स्थापनाका लागि सम्बन्धित निकायमा पहल गर्ने, पसलहरूको मुल्यसुचीमा एकरूपता ल्याउने, लमही बजार क्षेत्रमा टान्सपोर्ट गाडी र हेभी गाडीलाई बजार प्रवेशमा रोक लगाई निश्चित स्थानबाट चल्न दिने, नयाँ एम्बुलेन्स खरिद गर्ने, नाका क्षेत्रबाट भन्सार नतिरी समान ल्याउँदा राजश्व चुहावट हुने गरेकाले सो कार्य रोक्न पहल गर्ने, घुमुवा व्यापार रोकी निश्चित स्थानबाट बिक्री गर्ने व्यवस्था मिलाउने, देउखुरी क्षेत्रको धार्मिक, साँस्कृतिक, पर्यटकीय क्षेत्र र व्यवसायीको विकासका लागि दाङ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सव सञ्चालन गर्ने योजनालाई प्रतिवेदन मार्फत अगाडि सारिएको छ ।
संघका अध्यक्ष खगेश्वर खनालको अध्यक्षता एवम् लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको सभामा बोल्दै नगर प्रमुख केसीले सवैको सहयोगबाट लमही बजारलाई सुन्दर नगरीको रुपमा विकास गर्न सकिने बताए । त्यसको लागि नगरपालिकाले एक्लै कुनै कार्य गर्न सम्भव नहुने हुँदा सवैको साथ र सहकार्य आवश्यक रहेको बताए ।
त्यसै गरी कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाले कोइलाबास नाकालाई चलाइमान बनाउन आवश्यक रहेको बताएका छन् । नाका क्षेत्रको बजार विस्तार गर्न उद्योगी व्यापारी सँगै स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताएका छन् । कार्यक्रममा संघ निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले पालिकाले विभिन्न बाहानामा कर लगाएर व्यापारीहरुको ढाँड सक्ने खोजेको बताए । सभामा वार्षिक प्रतिवेदन उद्योग उपाध्यक्ष केशव पोख्रेल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष जागेश्वर बसेलले प्रस्तुत गरेका थिए ।
संघका वरिष्ठ उपाध्यक्ष कमलजंग सिंह ठकुरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा जनता समाजवादी पार्टीका किशोर घर्ती मगर, नेकपा विप्लवका लमही नगर इन्चार्ज जनक विक, राष्ट्रिय जनमोर्चाका ताराप्रसाद खनाल, राप्ती उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बाबुराम थापा, सिसहनियाँ उद्योग वाणिज्यका अध्यक्ष पुणर्बहादुर बुढाथोकी, शान्तिनगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र शर्मा, गढवा उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष रवीलाल आचार्य, लमही खानेपानी सरसफाइ तथा उपभोक्ता समितिका अध्यक्ष तथा पत्रकार लिला शाह, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष चुमा आचार्य, नयाँ युगबोधका राधेश्याम गुप्ता, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेसन म्यानेजर ओमप्रकाश गुप्ता, व्यापारी गंगाराम भट्टराई, कानुनी सल्लाहकार शेषमणी गौतम लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन जागेश्वर बसेलले गरेका थिए ।

