
Nssbus7
Syees
gms
Jsbus
Gsl
Pbu
Ssbus
Rbs
Gsbus
Ddhbs
Ratbs
Amb
Bksbus5
syysr
Csbus
dsbus

Rgu
Hal
Bbu
Rgu
Pvg
Asm
Wsp
Ggd
Rgs
Ksm
Vor
nsb
Bbbpu
Rsb
Tsm
Gst
Sbs
Ssm
Sls

Jmb
Ptm
Gsb
Syp
Jmb
Abd
Rmb
Bml
Pls
sab
bbt
Rpp
Mks
दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिंदेनले देश इतिहासकै कमजोर अवस्थामा पुगेको बताउनुभएको छ । पार्टीको लुम्बिनी प्रदेश कमिटीले आज तुलसीपुरमा आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै अध्यक्ष लिंदेनले स्वाभिमान र आफ्नोपन हराउँदै जाँदा देश संकटको अवस्थामा पुगेको बताउनुभयो ।
उहाँले कांग्रेस र कम्युनिष्टले लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रको नाममा देशलाई बिगत तीन दशकदेखि बन्धक बनाएको आरोप समेत लगाउनुभएको छ । जनतालाई कांग्रेस कम्युनिष्टले ठुला–ठुला सपना बाँडेर चुनाब जितेपनि देशमा कुनै किसिमको परिवर्तन गर्न नसकेको उहाँको भनाई छ ।
अध्यक्ष लिंदेनले बरु अहिलेको सत्ता साझोदार दलले देशलाई बेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा विकास गरेको आरोप लगाउनुभयो । अध्यक्ष लिंदेनले राजसंस्था फाल्नु नै गलत भएको बताउनुभयो । उहाँले कांग्रेस कम्युनिष्टले राजाकै कारण देश नबेनेका बताएपनि अहिले धेरै राजाहरुकै कारण देश वर्वादीमा पुगेको बताउनुभयो । विदेशी बैंकमा राजाले पैसा राखे भन्नेहरुले नै अहिले आफैँ पैसा राखेको उहाँको भनाई छ । उहाँले उहिलेको राजा र अहिलेको राष्ट्रपति एउटै उस्ताउस्तै भएको बताउनुभयो । राजाले एकैपटक सेवा लिने गरेको तर राष्ट्रपति ५÷५ वर्षमा परिवर्तन हुँदा झन् देशलाई आर्थिक भार थपिएको उहाँको भनाई छ ।
राप्रपा दाङका अध्यक्ष क्षेत्रबहादुर शाहको अध्यक्षतामा कार्यक्रम भएको हो । राप्रपाले महाधिवेशनपछि लुम्बिनी प्रदेशस्तरिय प्रथम विस्तारित बैठक तुलसीपुरमा गरेको छ । पहिलो विस्तारित बैठकमा प्रदेशमा नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गर्ने र केहि महत्वपूर्ण निर्णय गर्ने राप्रपाले जनाएको छ ।
