
Jsbus
Bksbus5
syysr
Rbs
Nssbus7
gms
Syees
Csbus
Ratbs
Pbu
Ssbus
Gsl
dsbus
Amb
Gsbus
Ddhbs

Ksm
Ggd
Asm
Vor
Rsb
Rgu
Gst
Hal
Pvg
Sls
Rgs
Sbs
Rgu
nsb
Tsm
Bbbpu
Wsp
Bbu
Ssm

Ptm
Gsb
Jmb
Abd
Rpp
Bml
sab
Pls
Jmb
bbt
Mks
Syp
Rmb
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा सर्वदलीय बैठक शुक्रबार सम्पन्न भएको छ । निर्वाचन मतदाता नामावली दर्ता गर्न गाउँपालिकाका अध्यक्ष लोकराज केसीको अध्यक्षतामा सो बैठक बसेको हो ।
उक्त सर्वदलीय बैठकमा उपाध्यक्ष धनपतिदेवी यादव, कार्यकारी प्रमुख चन्द्रकान्त पौडेल, नेकाका कृष्ण बहादुर बस्नेत, एमालेका हेमकुमार जिसी, नेकपा माओवाद केन्द्रका भोगेन्द्र सिंह राजपुत, नेकपा समाजवादीका गोपाल ओली,राप्रपाका लिलाराम यादव,राजमोका महेश रिजाल,प्रहरी चौकी चङ्वाका प्रमुख पृथ्वीराज जैसवाल र १,२,३,४ का वडा अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो भने वडा नम्बर ५,६,७ का वडा अध्यक्षहरु फिल्डमा खटेका र कार्य व्यस्तताका कारण अनुपस्थित रहेको गाउँपालिकाले जानकारी गराएको छ ।
यसैगरी कार्यक्रमको बारेमा जिल्ला निर्वाचन आयोग दाङका प्रतिनिधि तथा राजपुर शिक्षा समन्वय शाखा प्रमुख केशव लम्सालले जानकारी गराउनु भएको थियो ।
सर्वदलीय बैठकले पुष ४ र ५ गते वडा नम्बर १ को कार्यालय , पुष ६ र ७ गते वडा नम्बर २ को कार्यालय ‘बेला’ मा , पुष ८ र ९ गते वडा नम्बर ३ को कार्यालयमा, पुष १० र ११ गते वडा नम्बर ४ को कार्यालय दुलैयामा, पुस १२ र १३ गते वडा ५ को कार्यालय जंग्रहवामा, पुष १४ र १५ गते वडा नम्बर ६ को गंगदीमा र पुष १६ र १७ गते वडा नम्बर ७ को कार्यालय सिक्टामा मतदाता नामावली संकलन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले वडा नम्बर ७ को सुनपत्री नाका र वडा नम्बर ६ को खाङ्ग्रा नाकाबाट मतदान नामावली संकलन गर्न व्यवस्था मिलाइदिन जिल्ला निर्वाचन कार्यालय दाङमा अनुरोध गर्ने निर्णय गरेको छ ।
