महेश रिजाल शनिबार, पुष ०३, २०७८

दाङ । देउखुरीको राजपुर गाउँपालिकामा सर्वदलीय बैठक शुक्रबार सम्पन्न भएको छ । निर्वाचन मतदाता नामावली दर्ता गर्न गाउँपालिकाका अध्यक्ष लोकराज केसीको अध्यक्षतामा सो बैठक बसेको हो ।

उक्त सर्वदलीय बैठकमा उपाध्यक्ष धनपतिदेवी यादव, कार्यकारी प्रमुख चन्द्रकान्त पौडेल, नेकाका कृष्ण बहादुर बस्नेत, एमालेका हेमकुमार जिसी, नेकपा माओवाद केन्द्रका भोगेन्द्र सिंह राजपुत, नेकपा समाजवादीका गोपाल ओली,राप्रपाका लिलाराम यादव,राजमोका महेश रिजाल,प्रहरी चौकी चङ्वाका प्रमुख पृथ्वीराज जैसवाल र १,२,३,४ का वडा अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो भने वडा नम्बर ५,६,७ का वडा अध्यक्षहरु फिल्डमा खटेका र कार्य व्यस्तताका कारण अनुपस्थित रहेको गाउँपालिकाले जानकारी गराएको छ ।

यसैगरी कार्यक्रमको बारेमा जिल्ला निर्वाचन आयोग दाङका प्रतिनिधि तथा राजपुर शिक्षा समन्वय शाखा प्रमुख केशव लम्सालले जानकारी गराउनु भएको थियो । सर्वदलीय बैठकले पुष ४ र ५ गते वडा नम्बर १ को कार्यालय , पुष ६ र ७ गते वडा नम्बर २ को कार्यालय ‘बेला’ मा , पुष ८ र ९ गते वडा नम्बर ३ को कार्यालयमा, पुष १० र ११ गते वडा नम्बर ४ को कार्यालय दुलैयामा, पुस १२ र १३ गते वडा ५ को कार्यालय जंग्रहवामा, पुष १४ र १५ गते वडा नम्बर ६ को गंगदीमा र पुष १६ र १७ गते वडा नम्बर ७ को कार्यालय सिक्टामा मतदाता नामावली संकलन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले वडा नम्बर ७ को सुनपत्री नाका र वडा नम्बर ६ को खाङ्ग्रा नाकाबाट मतदान नामावली संकलन गर्न व्यवस्था मिलाइदिन जिल्ला निर्वाचन कार्यालय दाङमा अनुरोध गर्ने निर्णय गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]