Sidha Patra मंगलबार, मंसिर २८, २०७८

दाङ । दाङमा पहिलो पटक कारागारमा रहेका कैदी बन्दीहरूले सामूहिक रक्तदान गरेका छन् । जिल्लामा रगतको अभाव भएको खवर सुनेर रगत अभाव हटाउन कैदीबन्दीहरूले रक्तदान गरेको बताएका छन् । प्रादेशिक संरचनामा रहेको दाङको तुलसीपुर कारागारमा रहेका कैदीबन्दीहरूले पहिलो पटक कारागारभित्रै सामूहिक रक्तदान गरेका हुन् ।

पर्खालभित्र रहेपनि बाहिरी समाजलाई सेवा गर्न सकिन्छ भन्ने उद्धेश्यले सामूहिक रक्तदानको आयोजना गरिएको कैदीबन्दी सन्दीप खड्काले बताउनुभयो । साथीहरूको सल्लाह र कारागार प्रशासनको समन्वयमा रक्तदान गर्न सहज भएको उहाँको भनाई छ ।

दुईवटा भवनका गरेर पहिलो चरणमा एक सयजना कैदीबन्दीले रक्तदान गरेका छन् । कारागार सुधार केन्द्रको रूपमा विकास भइरहेको र त्यहि अन्तर्गत कैन्दीबन्दीहरू सिप विकाससँगै सामाजिक र मानवीय सेवामा लागेको तुलसीपुर कारागारका प्रमुख अमर बहादुर ओलीले बताउनुभयो । कैदीबन्दीहरूले गरेको रक्तदानको काम समाजलाई उदाहरणीय समेत बनेको उहाँको भनाई छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]