
mbd
Pbu
Mbdvs
Gmk
Ksm
Sds
Rbs
Gisld
Anm

Vor
Sls
Tsm
Bbu
Ssm
Wsp
Asm
Ggd
Sbs
Rgu
Rsb
Pvg
Hal
Rgu
Gst
Bbbpu
Ksm
nsb
Rgs

Mks
Rpp
sab
Jmb
Bml
Gsb
bbt
Syp
Jmb
Abd
Pls
Ptm
Rmb
काठमाडौं । अमेरिकाको केन्टकी राज्यमा आएको आँधीका कारण ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यद्यपि खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।
केन्टकीमा आपतकालीन स्थिति घोषणा गरिएको छ । भौतिक संरचनाहरु तहसनहस भएका छन् भने विद्युत र सञ्चार सम्पर्क पनि विच्छेद भएको छ ।
यो आँधीलाई अमेरिकाको इतिहासकै ठूलो आँधी भनिएको छ । आँधीबाट मेफिल्ड शहर नराम्रोसँग प्रभावित भएको छ ।
सो शहरमा अवस्थित एक मैनबत्ती कारखानामामात्रै १२ जना मजदुरको मृत्यु भएको बताइएको छ । उद्धारकर्मीहरुले कारखानाबाट १४० भन्दा बढी व्यक्तिहरुलाई सुरक्षित रुपमा बाहिर निकालेका छन् । केन्टकीका गर्भनर एण्डी बेशियरले अब कुनै भग्नावशेषबाट कसैलाई सुरक्षित रुपमा निकाल्न सकिएमा त्यो चमत्कार हुने बताएका छन् । उनले मेफिल्ड शहर र केन्टकीको आँधीको बाटोमा परेका क्षेत्र पूर्णरुपमा तहसनहस भएको बताएका छन् । उनले भनेका छन्, ‘मैले यस्तो नराम्रो अवस्था देखेको थिइनँ । म स्थितिको शव्दमा व्यक्त गर्न सक्दैन । ्
राष्ट्रपति जो बाइडनले अमेरिकाको मध्य इलाकामा भयंकर आँधी आएको भन्दै पीडितको उद्धार तथा राहतका लागि हरसम्भव कदम चाल्ने घोषणा गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । राष्ट्रपति बाइडनले आइतबार विशेष टोली केन्टकी जाने र घरबाहरविहीन भएकाहरुका लागि आवास तथा खानाको प्रबन्ध मिलाउने बताएका छन् ।
केन्टकीका साथै मिसौरी, आरकन्सास, इलिनोय, मिसिसिपी पनि आँधीबाट प्रभावित भएका छन् ।
बीबीसीका उत्तर अमेरिकी सम्वाददाताले केन्टकीको स्थिति निकै चुनौतीपूर्ण रहेको बताएका छन् ।अनलाइनखबर
