
Pbu
Ssbus
Gsl
Ssbus
Sssbus1
ssbus
tssbus
Ssbus
Sssbus1
nsm

Sls
nsb
Wsp
Rgu
Hal
Sbs
Pvg
Asm
Gst
Ggd
Rgu
Rgs
Rsb
Ksm
Tsm
Vor
Bbu
Ssm
Bbbpu

sab
Ptm
bbt
Bml
Mks
Jmb
Rmb
Syp
Gsb
Rpp
Pls
Jmb
Abd
दाङ । गौमुखी बचत तथा ऋणसहकारी संस्थाको नवौं वार्षिक साधारण शभा आज लमहीमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष पदम प्रसाद पुडासैनीको अध्यक्षता तथा लमही नगर पालीका वडा न ५ का अध्यक्ष बिम महादुर केसीको प्रमुख आतिथ्यता तथा देउखुरी सहकारी सन्जालका अध्यक्ष रेशम बिसीको बिशिष्ठ आतिथ्यमा भएको साधारण शभामा बोल्ने बक्ताहरुले सहकारी संस्थाले थोरै थोरै छरिएर रहेको पुजिलाई एकत्रित गरि साना तथा लघु उद्यम ब्यबसाय संचालन गरेर आत्म निर्भर बन्नका लागि सहयोगि भएको कुरामा जोड दिनु भएको थियो । आर्थिक सबलीकरण नभै कुनै पनि क्षेत्रको विकास हुन नसक्ने भएकाले बचत तथा ऋण सहकारीले बिपन्न समुदायका मानिसहरुलाई बचत गर्न उत्प्रेरित गर्नुका साथै आत्म निर्भर बन्नका लागी पनि सहयोगि भएको बक्ताहरुको भनाई रहेको थियो ।
पछिल्लो समय केही सहकारीहरुले गरेका आर्थिक अपारदर्शिताका कारण अन्य सहकारीहरुलाई समेत नकारातमक असर परेको बताउदै आर्थिक बचत तथा ऋण सहकारीहरुमा आर्थिक पारदर्शिता अनिबार्य भएको बक्ताहरुको भनाइ थियो । सो अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बिम महादुर केसीले बचत तथा ऋण सहकारीहरुले स्थानीय स्तरमा मात्र नभई देशको आर्थिक समृद्धी र बेरोजगारि समस्या समाधानका लागि पनि सहयोगि भएको बताउनु भयो ।
अन्जु भुसालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा पदम प्रसाद गोराथोकी रेशम बिसी लगायतले बोल्नुभएको थियो । संस्थाका सचिव दामोदर पण्डितले वार्षिक र कोषाध्यक्ष ऋषि आर्चायले आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो । सो अबसरमा जेष्ठ नागरिक ललितराज भट्ट , असल कर्मचारी पबित्रा आर्चाय,उत्कृष्ट ऋणी माधब भुसाल, उत्कृष्ट बचत कर्ता गोबिन्द भुसाल र हेमराज सुबेदीलाई नगद सहीत सम्मान गरिएको थियो । कार्यक्रमको सचालन गौमुखी बचत तथा ऋण सहकारी संस्थाका सचिव दामोदर पण्डितले गर्नु भएको थियो ।
