
syysr
Rbs
Bksbus5
Pbu
dsbus
Gsl
Ratbs
Jsbus
Ddhbs
Syees
Nssbus7
Amb
Csbus
Ssbus
gms
Gsbus

Vor
Rgu
Ksm
Asm
Bbu
Ssm
Sbs
Wsp
Bbbpu
Gst
Ggd
Rgs
Rgu
Hal
nsb
Tsm
Pvg
Rsb
Sls

sab
Ptm
Pls
Rmb
Abd
Mks
Syp
Rpp
bbt
Jmb
Jmb
Bml
Gsb
बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अध्यक्ष नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्ने मन भए राप्रपाको अध्यक्ष भएर वा अरु कुनै पार्टी खोलेर आउन चुनौती दिएका छन् । समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले शनिबार विहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । उनले इतिहास अगाडि गइसकेको बताउँदै अब राजतन्त्रको भूत जगाउने सपना नदेख्न आग्रह गरे ।
इतिहास निकै अगाडि पुगिसक्यो,राजतन्त्रको भूत नलिए हुन्छ, म राजेन्द्र लिङदेनलाई भन्छु, देश अगाडि बढिसक्यो, कसैको साराहा लिन नखोज्नुस्’ नेपालले भने –‘राजनीति गर्ने मनै भए ज्ञानेन्द्र राप्रपाको अध्यक्ष भए हुन्छ ।’ उनले जनता पूरानो इतिहास दोहर्याएको पक्षमा नभएको बताए । दलहरुमा राजतन्त्रको किन त्रास भन्ने पत्रकारको जिज्ञासामा नेपालले भने –‘आफ्नै आँखाले देखेपछि र सुनेपछि विरोध त गर्ने पर्यो, होईन ।’ नेपालले प्रतिगमन सधैं खतराको शक्ति हुने भएकाले जनता सजग बनाउन राजतन्त्रको विरोध गरेको बताए ।
उनले नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नभएकाले जनताले नै नपत्याउने कुरा नगर्न आग्रह गरे।
१० भाई फर्के स्वागत गर्छौ
एमालेको महाधिवेशनपछि असन्तुष्ट १० भाई फर्केमा स्वागत गर्ने बताएका छन । चितवनमा भएको एमालेको महाधिवेशनपछि १० भाई भनेर चर्चामा आएकाहरुलाई त्यहाँ बस्न नसके एकिकृत समाजवादीमा स्वागत गर्न कुनै अप्ठ्यारो नहुने बताए।
नेपालले भने–‘विहान हराएको परिवारका सदस्यलाई साँझ घर नआउदैमा हराएको भन्न त भएन नी ।’नेपालले ती नेताहरुसँग छलफल कुराकानी भएकोबारे भने केहि बताएनन । तर, उनले एमालेको चितवनमा भएको महाधिवेशनले विद्रोह गर्नुको औचित्य पुष्टि गरेको बताए । चितवनमा भएको महाधिवेशनलाई कुम्भमेलको संज्ञा दिदैं संविधान,लोकतन्त्रको रक्षाका लागि आफैले बनाएको पार्टीबाट विद्रोह गर्नुपरेको उनले बताए । उनले केपि ओलीलाई सुधार्न सकेको भए यो स्थिती नै नआउने बताए । ओलीको प्रवृत्ति र बानी सुधार्न नसक्ने बताउँदै भने–‘उहाँ (ओली) को चरित्र बुझ्न केहि समय लाग्नसक्छ ।’उनले बानी सुधार्न कठिन हुने दृष्टान्तका रुपमा हिटलरलाई उभ्याए । ‘सुध्रने भए त हिटर सुन्ध्रन्थेँ नी,हिटललाई श्रीमतले समेत सुधार्न सक्नुभएन’ओलीको बानीसँग तुलना गर्र्दै नेपालले भने–‘ओलीलाई सुधार्न नसक्ने भएकै कारण यो अवस्था सृजना भएको हो ।’
नयाँ पार्टी गठन गर्नुभन्दा एमालेमै बसेर संर्घष किन नगरेको भन्ने पत्रकारको प्रश्नमा नेपालले भने–‘झ्याल ढोका बन्द गर्न थालेपछि कहाँ जाने ? पुष्पलाल जीवत भए उहाँलाई सोध्नहुन्थ्यो, केशरजंगशाहसँग किन नबसेको भनेर ।’उनले कोर्डिनेशन केन्द्रदेखि आफै संलग्न भएको पार्टी गलत नेतृत्वको कब्जामा पुगेपछि आफैले बनाएको पार्टीबाट विद्रोहमा उत्रनुपरेको बताए ।
राष्ट्रियसभासम्म गठबन्धन गर्ने सहमती
त्यस्तै पूर्वप्रधानमन्त्री एंव पाँचदलीय गठबन्धनका एक हिस्सेसदार दलका अध्यक्ष नेपालले नजिकै आउदै गरेको राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनबाटै चुनाव लड्ने बताए । उनले राष्ट्रियसभाको निर्वाचनमा पाँचदलविच गठबन्धन हुने सहमती भइसकेको बताए । उनले २०७४ मा केपि ओलीले नै माओवादी र राप्रपासँग समेत गठबन्धन गरेकाले अहिले नाजायज नहुने बताए। उनले काँग्रेस महाधिवेशन पछि सरकारले गती लिने बताए । उनले घुमाउरो पारामा सरकारको कामबारे असन्तुष्टि पोखे । अधयक्ष नेपाल नेकपा एकिकृत समाजवादी रुपन्देहीले आयोजना गरेको प्रशिक्षण भेला तथा प्रदेश र जिल्ला कार्यालय उद्घाटनका लागि बुटवल आएका हुन् ।
