
Ssbus
Sssbus1
ssbus
Sssbus1
nsm
tssbus
Ssbus
Pbu
Ssbus
Gsl

Ggd
Ksm
Gst
Rgu
Tsm
Wsp
Bbbpu
nsb
Sls
Hal
Rgu
Bbu
Ssm
Pvg
Sbs
Vor
Rgs
Rsb
Asm

Syp
sab
Mks
Abd
Jmb
Rpp
Rmb
Bml
Gsb
Jmb
Ptm
Pls
bbt
दाङ । देउखुरी उद्योग वाणिज्य संघले गएको असोज १४ देखी कार्तिक २६ गतेसम्म लमही बजारको ब्यापार व्यवसायलाई प्रबर्धन गर्नका लागि दशै,तिहार तथा छर्ठ पर्वलाई मध्यनजर गरी आयोजना गरीएको उपहार कार्यक्रमको आम्दानी र खर्च विवरण सार्बजनिक गरेको छ ।
संघले बुधवार एक कार्यक्रमको आयोजना गरि सम्पूर्ण आयव्यय सार्बजनिक गरेको हो । उक्त मेलामा टिकट बिक्रिबाट १२ लाख आम्दानी भएको थियो । त्यस्तै व्यवसायीहरुले पनि उक्त कार्यक्रम सम्पन्न गर्नका लागि १ लाख ५८ हजार ७ सय नगद रुपैयाँ सहयोग गरेको संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिनु भयो । सो मेलामा १३ लाख ५८, हजार ७ सय आम्दानी भएको थियो भने उक्त आम्दानी भएको सम्पूर्ण रकम मेलामै खर्च भएको अध्यक्ष खनालको भनाई छ ।
त्यस्तै कार्यक्रम सम्पन्न गर्दा बिभिन्न कामका लागि खर्च भएको रकम यस प्रकार रहेको छ । साज सज्जा खर्च २ लाख, उपहार खर्च ५ लाख ४० हजार पन्चानब्बे, कलाकार खर्च ६८ हजार, बिभिन्न पत्रपत्रीका, एफएम रेडियो, अनलाइन पत्रीकामा सुचना प्रकाशन तथा प्रसारण गरेको ३१ हजार, सुरक्षा तर्फ २६ हजार ६ सय ६६ रुपैयाँ खर्च भएको देउखुरी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कमल जंग सिंह ठकुरीले जानकारी दिनु भयो ।
यस्तै बरिष्ठ उपाध्यक्ष ठकुरीका अनुशार छाता मोटु पतलु खरिद र मिक्की माउस चलाउने श्रमिकको ज्याला, वजारमा बल्ब,लाईटिङ तर्फ २ लाख ४५ हजार चालिस, टेन्ट तथा गेट खर्च ९० हजार ७ सय १०, टिकट तथा छपाई तर्फ २९ हजार ७ सय ५०, विविध तर्फ ( गेटमा लाग्ने कपडा,कार्यक्रम भर खाजा नास्ता,बजार सरसफाई,प्रचार प्रसार गेट बनाएको लेवर चार्ज, कार्यक्रम उद्घोषक मायाको चिनोहरु,खाँदाहरु,अन्य ) १ लाख २७ हजार ४ सय ३९ रुपैयाँ खर्च भएको छ ।
