
Gsbus
Syees
Bksbus5
gms
Gsl
Pbu
Amb
Nssbus7
Jsbus
Ratbs
Ssbus
Rbs
Csbus
syysr
Ddhbs
dsbus

Rgs
Rsb
Wsp
Ggd
Sls
Asm
nsb
Ksm
Ssm
Tsm
Rgu
Vor
Rgu
Bbu
Bbbpu
Pvg
Hal
Sbs
Gst

sab
Ptm
Rmb
bbt
Rpp
Jmb
Jmb
Syp
Abd
Gsb
Mks
Pls
Bml
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन स्थल भृकुटीमण्डप वरिपरि आचारसंहितविपरीत उम्मेदवारका प्रचार सामग्री राखिएको छ ।
काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिको आचारसंहिता अनुसार महाधिवेशन आयोजना स्थलभन्दा पाँच सय मिटर वरिपरि प्रचार सामग्री राख्न पाइँदैन । आचारसंहितामा ब्यानर, भित्तेलेखन, पोष्टर,तुल,पम्प्लेट टाँस्न नपाइने उल्लेख छ ।
तर,भृकुटीमण्डपको मुख्य गेटदेखि भित्रैसम्म उम्मेदवारका तस्वीर अंकित प्रचार सामग्रीहरू राखिएका छन् । ती प्रचार सामग्रीहरू अब हटाइने निर्वाचन समितिका सदस्य तेज रावलले बताउनु भयो । ‘आचारसंहितामा के गर्न मिल्ने/नमिल्ने प्रष्ट उल्लेख छ, त्यही अनुसार निर्वाचन समितिले आफ्नो काम गर्छ,’ उहाँले भन्नू भयो, ‘आचारसंहिताको कडाइका साथ पालना हुन्छ ।’
त्यस्तै उम्मेदवारहरुको प्रचार गर्दा भिजिटिङ कार्ड र सामान्य अपिल भन्ने वितरण गर्न दिइनेछ । त्यस्तै मतदानस्थलभित्र प्रवेश गर्दा मोबाइल फोन लैजान पनि रोक लगाइएको छ । महाधिवेशन स्थल भृकुटीमण्डप केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूका उम्मेदवारहरूको ब्यानर, तुल र पोष्टरले भरिभराउ छ । काङ्ग्रेसको महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ । यस्तै शनिबार उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ भने सोमबार बिहानैदेखि मतदान सुरु हुनेछ ।अनलाइनखबर
