Sidha Patra बुधबार, मंसिर २२, २०७८

प्युठान । प्युठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नम्बर ४ बड्डडाँडा स्थित जनता माध्यमिक विद्यालयमा मगर भाषा पढाइको कक्षा सञ्चालन भएको छ ।

मगर समुदायको भाषा,लिपि र रीतिरिवाजको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले मगर भाषाको पढाइ थालिएको विद्यालयका प्रधानाध्यापक योग कुमार पाण्डेले बताउनु भयो । प्रअ पाण्डेले भन्नुभयो,’मगर भाषा संरक्षण गर्न विद्यालयमा यसको पठन-पाठन शुरु गरेका हौं।’

विद्यालयले गएको तीन बर्षदेखि पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको पाठ्यपुस्तकलाई आधार बनाएर ऐच्छिकरुपमा १०० पूर्णाङ्कको मगर भाषाको पठन-पाठन शुरु गरिएको जनाएको छ । यस्तै विद्यालयमा हाल १ देखि ३ कक्षासम्म मगर भाषाको पढाई सञ्चालन हुँदै आएको छ । मगर समुदायको बाहुल्यता रहेको गाउँपालिकाको उक्त विद्यालयमा मगर भाषा पढाउने पहिलो विद्यालय रहेको सरुमारानी गाउँपालिकाका शिक्षा शाखा प्रमुख पुष्पलाल शाहीले जानकारी दिनु भयो । उहाँले मातृभाषाका लागि गाउँपालिकाले छुट्टै पाठ्यक्रम बनाउने तयारी गरिरहेको समेत जानकारी दिनु भयो । सो पालिकामा नेपाली भाषापछिको दोस्रो भाषाकोरुपमा मगर भाषा बोल्ने गरिएको छ। कमनाडेलि

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]