
cjs
Gfs
Ses
pku
Rgp1
Lnp
Djs
Pes
Rgp
Pbu
Sgr
Srbpu
Ggp
Unsku

Bbbpu
Sbs
Rgs
Vor
Asm
Ssm
Sls
Hal
Bbu
Ksm
Rsb
Rgu
nsb
Wsp
Gst
Rgu
Ggd
Pvg
Tsm

Ptm
Mks
Pls
Jmb
Gsb
Rmb
Bml
Rpp
Jmb
bbt
Syp
sab
Abd
दाङ । बालबालिकाको आधारभूत शिक्षण सिकाइ सुदृढ गर्ने उद्देश्यले लमही नगरपालिका र साझेदार संस्थाका प्रतिनिधिबीच अन्तरक्रिया तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।
लमहीका केहि सामुदायिक विद्यालयमा केही महिनादेखि सञ्चालनमा रहेको “सिकाइ २” परियोजनाको प्रभावकारिता, चुनौती र आगामी रणनीतिबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको हो ।
भिएसओ,हेम्पेल फाउन्डेसन र सिद्धार्थ सामाजिक विकास केन्द्र (एसएसडिसी) को संयुक्त पहलमा सञ्चालन भइरहेको “आधारभूत सिकाइका लागि ठूली दिदी मोडेलको परिस्कृत तथा विस्तार परियोजना (सिकाइ २)” अन्तर्गत लमही नगरपालिका भित्रका पाँच सामुदायिक विद्यालय खीम बहादुर शाह माध्यमिक विद्यालय कोलही, माध्यमिक विद्यालय फल्कापुर, सूर्यविनायक माध्यमिक विद्यालय नर्ती,अर्जुन माध्यमिक विद्यालय हसनापुर र राप्ती माध्यमिक विद्यालय उच्चानिम्बुमा कार्यक्रम कार्यान्वयन भइरहेको छ ।
लमही नगरपालिका शिक्षा शाखा प्रमुख केशब लम्सालका अनुसार उक्त परियोजना तीन वर्षसम्म निरन्तर सञ्चालन हुने छ,जसले आधारभूत तहका बालबालिकाको सिकाइ उपलब्धिमा सुधार ल्याउने अपेक्षा गरिएको छ । परियोजनामा संलग्न “ठूली दिदी” प्रिमा कुमारी चौधरीले विद्यालय तथा समुदायस्तरमा सक्रिय भूमिका निर्वाह गर्दै बालबालिका र अभिभावकसँग नियमित सम्पर्क गरिरहेको बताए । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गराउन अभिभावकलाई सचेत गराउने कार्य भइरहेको उनको भनाइ छ यद्यपि केही अभिभावक अझै पनि बालबालिकाको शिक्षाप्रति उदासीन देखिएको उनले उल्लेख गरे ।
छलफलका क्रममा शिक्षकहरुले बालबालिकाको भाषिक क्षमता,अभिभावक,विद्यालय समन्वय र सिकाइ उपलब्धिमा देखिएका कमजोरीहरूबारे चिन्ता व्यक्त गरेका थिए । खीम बहादुर शाह माध्यमिक विद्यालयका शिक्षक ज्योति खनालले बालबालिकाको बोली भाषामा सुधार आवश्यक रहेको औंल्याउँदै आधार बलियो भए मात्र दीर्घकालीन परिवर्तन सम्भव हुने बताए । शिक्षक कमला भट्टराईले अभिभावक र बालबालिकाबीच बढ्दो दूरीले सिकाइ प्रक्रियामा असर पारेको उल्लेख गर्दै यसतर्फ सबै पक्षको ध्यान जानुपर्नेमा जोड दिए ।
कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले बालबालिकालाई मोबाइलको अत्यधिक प्रयोगबाट टाढा राख्न अभिभावकलाई आग्रह गर्दै बालबालिकाको विद्यालय उपस्थितिदेखि दैनिक गतिविधिसम्म अभिभावकले नजिकबाट निगरानी गर्नुपर्ने आवश्यकता रहेको बताउए ।
यस्तै उपप्रमुख लक्ष्मी योगीले बालबालिकाको शिक्षण सिकाइ सुधारमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँदै बाल्यावस्था संवेदनशील चरण भएकाले यस समयमा गरिने लगानीले भविष्य निर्धारण गर्ने धारणा व्यक्त गरे । “बालबालिका काँचो माटो जस्तै हुन्, जसरी ढालियो त्यस्तै बन्छन्,” उनले भने ।
कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष ओमप्रसाद सुवेदी,शिक्षा अधिकृत केशब लम्साल, प्रधानाध्यापक गिरिराज न्यौपाने, भिएसओ नेपालका प्रोजेक्ट म्यानेजर फिरोज सिद्दिकी, कार्यक्रम संयोजक राजभक्त डंगोल, एसएसडिसीका अध्यक्ष त्रिलोचन घिमिरे, परियोजना संयोजक यादवप्रसाद भुसाल तथा सिकाइ २ परियोजना दाङ जिल्ला शिक्षा अधिकारी देव उपाध्यायलगायतको उपस्थिति रहेको थियो ।
अन्तरक्रियासँगै विद्यालय अनुगमनसमेत गरिएको उक्त कार्यक्रमले बालबालिकाको सिकाइ गुणस्तर सुधारमा समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।
