
Rgp1
Pbu
Lnp
Sgr
Srbpu
Ggp
pku
cjs
Pes
Djs
Ses
Unsku
Gfs
Rgp

Hal
Sbs
Vor
Gst
Pvg
Bbbpu
Tsm
Ggd
nsb
Rgs
Rgu
Rsb
Asm
Sls
Wsp
Rgu
Ssm
Bbu
Ksm

Bml
Jmb
Jmb
bbt
Rmb
Gsb
Rpp
Pls
Abd
Mks
sab
Ptm
Syp
प्युठान । प्युठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नम्बर ४ बड्डडाँडा स्थित जनता माध्यमिक विद्यालयमा मगर भाषा पढाइको कक्षा सञ्चालन भएको छ ।
मगर समुदायको भाषा,लिपि र रीतिरिवाजको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले मगर भाषाको पढाइ थालिएको विद्यालयका प्रधानाध्यापक योग कुमार पाण्डेले बताउनु भयो । प्रअ पाण्डेले भन्नुभयो,’मगर भाषा संरक्षण गर्न विद्यालयमा यसको पठन-पाठन शुरु गरेका हौं।’
विद्यालयले गएको तीन बर्षदेखि पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको पाठ्यपुस्तकलाई आधार बनाएर ऐच्छिकरुपमा १०० पूर्णाङ्कको मगर भाषाको पठन-पाठन शुरु गरिएको जनाएको छ । यस्तै विद्यालयमा हाल १ देखि ३ कक्षासम्म मगर भाषाको पढाई सञ्चालन हुँदै आएको छ । मगर समुदायको बाहुल्यता रहेको गाउँपालिकाको उक्त विद्यालयमा मगर भाषा पढाउने पहिलो विद्यालय रहेको सरुमारानी गाउँपालिकाका शिक्षा शाखा प्रमुख पुष्पलाल शाहीले जानकारी दिनु भयो । उहाँले मातृभाषाका लागि गाउँपालिकाले छुट्टै पाठ्यक्रम बनाउने तयारी गरिरहेको समेत जानकारी दिनु भयो । सो पालिकामा नेपाली भाषापछिको दोस्रो भाषाकोरुपमा मगर भाषा बोल्ने गरिएको छ। कमनाडेलि
