
Rgp
Srbpu
Pes
Gfs
Lnp
Pbu
Sgr
pku
Ses
Djs
Rgp1
Unsku
Ggp
cjs

Ssm
Sls
Rgu
Bbbpu
Rgu
Bbu
Gst
Ksm
Vor
Tsm
Rgs
Hal
nsb
Rsb
Ggd
Pvg
Asm
Wsp
Sbs

Jmb
Jmb
Mks
Abd
Syp
sab
Rmb
Ptm
Gsb
bbt
Bml
Pls
Rpp
काठमाडौं । महानायक राजेश हमालको नाममा भ्रष्टाचार गरेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
अछामको ढकारी गाउँपालिकाले हमालको तस्बिर प्रयोग गरेर बनाइएको भनिएको वृत्तचित्तका लागि १२ लाख ७७ हजार २५० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउदविरुद्ध सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । आरजे ट्वान्टी फोर न्युज एवं नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल) विरुद्ध पनि मुद्दा दायर भएको छ ।
हमालको नाम जोडेर व्यक्तिगत निर्देशनसमेत भई चलचित्र निर्माण गर्ने भन्दै १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको भएपनि १२ लाख ७७ हजार दुई सय ५० रुपैयाँ भुक्तानी गरिएको पाइएको अख्तियारले उल्लेख गरेको छ । यसमा अख्तियारले सार्वजनिक खरिद ऐन र नियमावली उल्लंघन भएको पनि स्मरण गराएको छ । अख्तियारले गाउँपालिका प्रमुखविरुद्ध भ्रष्टाचार भएको रकम बराबरको बिगो र थप सजाय पनि माग गरेको छ । बिगो रकम १२ लाख ७७ हजार २५० रुपैयाँ माग गरिएको छ ।अनलाइनखबर
