सिधा-पत्र (क्राईमबिट) मंगलबार, मंसिर २१, २०७८

बाँके । यातायात ब्यबस्था कार्यालय नेपालगन्ज बाँकेले सवारी साधनको ट्रायल सुरु गरेको छ । कोरोना महामारीको कारण नयाँ सवारी चालक अनुमती पत्रको सम्पुर्ण काम बन्द थियो ।

सोही बन्दको कारण अहिले सवारी लाइसेन्स बनाउनेको घुइँचो छ । मौकाको फाइदा उठाउदै यातायात ब्यबस्था कार्यालय नेपालगन्ज बाँके, अख्तियार दुरुपयोग अनुसन्धान नेपालगन्ज, जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर, राष्ट्रिय अनुसन्धान बाँके, लगायतको सहमतिमा दैनिक १५ देखि २५ वटासम्म सवारी लाइसेन्स सेटिङमा फेललाई पास हुने गरेको स्रोतले जनाएको छ । नेपालगन्ज र कोहलपुरका ड्राइभिङ सेन्टरहरुसंग उठबस र खानपिन देखि आर्थिक सबै चलखेल यातायात कार्यालय, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान, अख्तियार दुरुपयोग, लगायतको कर्मचारिहरुको मिलोमतोमा लाइसेन्स सेटिङ्ग रहेको स्रोतले जानकारी दिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कोहलपुरसङ सेटिङ बनाएका ड्राइभिङ सेन्टरका संचालकहरु अर्थिक खाना देखि रक्सीसम्म खुवाउन तयार हुन्छन । ट्राफिक र ड्राइभिङका संचालक संग बसि लाइसेन्स सेटिङ्गमा निकाल्ने योजना बनाउने र सबै निकायका प्रतिनिधिलाइ लाइन दिएर फिल्डमा क्यामरा भएको भन्दै टाइट छ । अहिले सेटिङ भन्दै रकम असुल्ने गरेको गोप्य स्रोतको दाबी छ । टाइट छ । माथीले धेरै माग्छन भनेको भरमा कारको लाइसेन्स ३० हजार देखि ४० हजारसम्म लिएर बनाउने गरेको स्रोतको दाबी छ ।

उच्च स्रोतका अनुसार यातायात ब्यवस्था कार्यालय नेपालगन्जका (केशब घिमिरे) (सुशील शर्मा) राष्ट्रिय अनुसन्धान र अख्तियारका प्रतिनिधिको सहकार्य र कोहलपुर ट्राफिक प्रहरी सई (भक्त बहादुर ठकुल्ला) र अन्य कोहलपुरमा रहेका ट्राफिक सई हरुको मिलोमतोमा फिल्डमा फेल भएकालाई लाइसेन्स पास गरेर दिने गरेको प्रवेश पत्रमा फेल भएकालाई रातो मार्क लगाएको प्रष्ट देख्न सकिन्छ छ ।
बाँकेमा लाइसेन्स सेटिङ्ग लकडाउन पछि निरन्तर चलीरहेको स्रोतले जानकारी दिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]