Sidha Patra मंगलबार, मंसिर २१, २०७८

मकवानपुर । अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ७ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साेमबार राति करिब ११:४० बजेको समयमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा मनहरी गाउँपालिका वडा नम्बर ८ स्थित मनहरी खोलाबाट नदि जन्य पदार्थ उत्खनन गर्दै गर्दा नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

त्यस्तै प्रहरीले नियन्त्रण लिएका ट्याक्टर मध्ये ना. ५ त ९५४४, ना. ६ त ४७९०, ना. ५ त ७११२, ना. ६ त २९१७, ना. ५ त ५१३४, ना. ६ त ५२३७ र ना. ५ त ७०३१ नं. को ट्याक्टरले अबैध रुपमा नदीजन्य पदार्थ ग्राबेल उत्खनन् गरि लोड गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमालिई आवश्‍यक कारबाहिको लागी मनहरी गाउँपालिकाको कार्यालयलाई जिम्मा लगाइएको छ ।

साथै यस कार्यालय तथा मातहत समेतबाट २०७८ साल मंसिर १ गते देखि हाल सम्म अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने यी ७ सहित जम्मा ३२ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।जनसहारा

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]