Sidha Patra सोमबार, मंसिर २०, २०७८

प्युठान । टिपरको ठक्करबाट प्युठानमा सोमबार दिउँसो अटोमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्युठान नगरपालिका वडा नम्बर ३ घुर्चनेका ३५ बर्षिया अमृत थापा र उहाँका ४ बर्षीया छोरा सुसान्त थापा रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

चकचकेबाट बिजुवार तर्फ जाँदै गरेको ना ८ ख ३९०३ नम्बरको टिपरले रा १ ह ५७०७ नम्बरको अटोलाई प्युठानको माण्डवि गाउँपालिका-५ स्थित चकचके – चेरनेटा सडकखण्डमा ठक्करदिँदा उनिहरुको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनिहरु जुम्रीबाट अटो रिजर्व गरेर स्वर्गद्वारी तर्फ जाँदै थिए ।

दुर्घटनामा अटोमा सवार अन्य चार जना घाईते छन् ।घाइतेहरुमा प्युठान नगरपालिका वडा नम्बर ३ बस्ने बर्ष ८ कि दुर्गा थापा, ३० बर्षिया पुनम थापा , १६ बर्षिया विपना थापा र १० बर्षिया शुष्मा थापा रहेका छन्। उनिहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भईरहेको छ । प्रत्यक्षदर्शीका अनुसार अटो अनियन्त्रीत भई पल्टिदा बिपरित दिशाबाट आउदै गरेको टिपरले किचेर दुई जनाको मृत्यु भएको हो।

त्यस्तै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]