
Ssb
Bsn
Usb
Gsb
jsb
Nsb
Ksb
Ssb
Ksb
Tgp
Fmb
Rsb
Ppu
Csb
Rks
Ksb

Tsb
Gsb
Ssb
Usb
Hl1

Rgu
ptl
Nps
चितवन । नेकपा एमालेको महासचिवमा शंकर पोख्रेल सर्वसम्मत निर्वाचित हुनु भएको छ । चितवनको सौरहामा जारी १० औं राष्ट्रिय महाधिवेशनबाट पोख्रेल सर्वसम्मत महासचिव चुनिनु भएको हो ।
सोमबार मनोनयन दर्ताको समय अवधिभित्र अन्यको उम्मेदवारी नपरेपछि पोख्रेल सर्वसम्मत महासचिव बनेको निर्वाचन समितिले जनाएको छ । उहाँ नवौं महाधिवेशनबाट उपमहासचिव पदमा पराजित हुनु भएको थियो । दाङ घर हुनु भएका पोख्रेलले लुम्बिनी प्रदेशको पूर्वमुख्यमन्त्री समेत हुनु भैसक्नु भएको छ ।
महासचिव पदमा विष्णु पौडेल पनि दाबेदार रहनु भएको थियो । दुवै ओली निकट नेता हुनुहुन्छ । पार्टी अध्यक्ष ओलीले पौडेललाई उपाध्यक्ष र पोख्रेललाई महासचिवमा प्रस्ताव गर्नु भएको थियो । पोख्रेल सर्वसम्मत महासचिव बने पनि पौडेलले भने चुनावको सामना गर्नु पर्ने भएको छ ।
